Photo of Milford Sound in New Zealand

एजेन्सी, २० साउन । ब्राजिली फुटबलर नेयमार विश्वकै महँगा खेलाडी बनेका छन् । उनी अहिलेसम्मको इतिहासमा सबभन्दा धेरै मूल्यमा एउटा फुटबल क्लबबाट अर्कोमा सर्ने महँगा खेलाडी बनेका छन् ।

नेयमारले फ्रान्सेली क्लब प्यारिस सेन्ट जर्मन (पीएसजी) सँग २६ करोड तीस लाख डलर (२६ अर्ब नेरु) मा पाँच वर्षको करार सम्झौता गरेका छन्, जुन यसअघिको भन्दा दोब्बर बढी हो । नेयमारले हरेक हप्ता दस लाख डलरभन्दा बढी कमाउनेछन् ।

हप्तौंदेखिको अनुमानपछि नेयमार गत बुधबार बार्सिलोनामा अभ्यासका लागि पुगेका थिए र स्पेनको क्लब आफूले छोड्ने बताएका थिए ।

‘म युरोपको सबभन्दा महत्वाकांक्षी क्लबमध्ये एकको सदस्य बनेको छु,’ नेयमारले भनेका छन् । तर उनले बार्सिलोना क्लब छोड्दा तिर्नुपर्ने रकमबारे भने विवाद उत्पन्न भएको छ ।

http://ift.tt/eA8V8J

from ARENA http://ift.tt/2fdHhCA
via IFTTT

0 comments:

Post a Comment

add

 
Top