Photo of Milford Sound in New Zealand

निरन्तरको बर्षाको कारण देशको तराइको अधिकंश क्षेत्र डुबानमा रहेको छ। बिशेषगरि देशको पूर्वी तराई क्षेत्र बाढीको कारणले आक्रान्त बनेको छ। सरकार र सरोकारवालाले चिन्तित नभएको भन्दै देशभर बाट आवाज उठ्न थालेको छ। यहि क्रममा विभिन्न कलाकारले व्यक्तिगत रुपमा सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक संजाल बाट धेरै कलाकारले सहयोग गर्ने बाचा गरेका हुन्। अभिनेता दिपकराज गिरीले तराईबासीको पीडालाई आफ्नै पिडा सम्झन अनुरोध गर्दै १ लाख सहयोग रकम घोषणा गरेका छन्।

त्यस्तै अभिनेत्री तथा निर्मात्री पूजा शर्माले पनि १ लाख सहयोग रकम घोषणा गरेकी छिन्। उनले रकम सहयोगका साथै लत्ताकपडा र ड्राइफुड समेत जम्मा गरिरहेको बताएकी छिन्। उनले मिल्नासाथ आफु सप्तरी सहयोगका लागि पुग्ने समेत वताएकी छिन्। त्यस्तै अभिनेत्री प्रियंका कार्की, निर्देशक दिपाश्री निरौला, निर्माता निशान बजगाई लगायतले पनि सहयोग रकम घोषणा गरिसकेका छन् धुर्मुस-सुन्तली फाउन्डेसन पनि सहयोगका लागि अग्रसर सरेको छ। यहि दौरान कलाकार जितु नेपालले भने व्यक्तिगत रुपमा सामाजिक संजालबाट सहयोग रकम घोषणा गर्न भन्दा पनि कुनै एक व्यक्तिले जिम्मेवारी लिएर अगाडी बढेमा राम्रो हुने कुरा बताएका छन्। हेर्नुहोस भिडियो ..

The post बाढी पिडितलाई दिपक र पुजाको १-१ लाख सहयोग घोषणा, अरुले कती -कती गरे हेर्नुहोस भिडियो .. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2w3cNJG
via IFTTT
13 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top