Photo of Milford Sound in New Zealand

श्रावण २९, २०७४- नारायणीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेपछि भारतले आफ्नो भूभाग जोगाउन गण्डक बाँधका सबै ३६ वटै ढोका खोलेको छ ।

नारायणी नदी (त्रिवेणीमा नारायणीमा भारतले बाँध बनाएको स्थानलाई गण्डक भनिन्छ ) मा आइतबार दिउँसो पानीको बहाब प्रतिसेकेण्ड ४ लाख २५ हजार क्यूसेक लिटर भएपछि भारतले आफ्नो भुभाग जोगाउन ती ढोका खोलेको हो ।

नवलपरासीको त्रिवेणीमा बाँध बनाएर भारतको उत्तर प्रदेश र बिहारमा पानी लगेको भारतले ती ढोका बन्द गरेर आफ्ना तर्फ (गण्डकको पूर्वी र पश्चिमी नहर) पानी लैजाँदा जिर्ण नहर फुट्न सक्ने भएकाले आफ्नो नहर जोगाउन सबै ढोका खोलेको हो । सबै ढोका खोलिएपछि नारायणी नदीमा पानी बग्छ र उसको नहरमा क्षतिको सम्भावना न्यून हुन्छ ।

पूर्वको कोशीमा आएको बाढीले शनिबार नेपाली भुभाग डुबानमा पार्दा पनि नेपाल सरकारले परराष्ट्र मन्त्रालय मार्फत भारतलाई ब्यारेजको ढोका खोल्न आग्रह गर्न परेको थियो ।

गण्डकमा बाँध बनाएर भारतले गण्डक पश्चिमी नहरबाट उत्तर प्रदेशका विभिन्न भागमा सिंचाई गर्न १६ हजार ५ सय क्यूसेक लिटर ( प्रतिसेकेण्ड ) पानी लगेको छ । त्रिवेणीवाट १९.२ किलोमिटर नेपाली भुभाग हुँदै उत्तर प्रदेश लगेको नहरको बेलाटारी नजिक बाढीले कटान गरेको छ ।

आफ्नो नहरमा पूर्ण क्षमतामा पानी लैजाँदा नहर भत्किने त्रासमा रहेको भारतले नहरमा पानी बन्द गरेको हो ।

गण्डक सम्झौता अनुसार नेपाली भुभागमा बनाइएको गण्डक ब्यारेजको ढोका खोल्ने साँचो भारतीयको जिम्मामा रहेको छ । भारतले गण्डक पूर्वी र पश्चिमी नहरबाट ३४ हजार क्यूसेक पानी भारतको बिहार र उत्तर प्रदेशमा सिंचाइकालागि लगेको छ ।

गण्डक सम्झौता अनुसार गण्डक नहरका कारण नेपाली भुभागमा हुने डुबान र कटान नियन्त्रणको जिम्मा भारत सरकारको हो । उसले नेपालको नवलपरासी नेपाली भुभाग सिंचाइकालागि बनाएको नहरमा ३ सय ५० क्यूसेक क्षमताको छ । त्यसमा पानी खोल्ने जिम्मा पनि भारतको हातमा छ । ekantipur

The post नारायणी नदीले खतराको निशान पार गरेसँगै आफ्नो भुभाग जोगाउन भारतले गण्डक ब्यारेजका सबै ढोका खोल्यो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uCKyOF
via IFTTT

0 comments:

Post a Comment

add

 
Top