Photo of Milford Sound in New Zealand

काठमाण्डौ राहत बाँड्न तराई झरेका धुर्मुस उर्फ सीताराम कट्टेल बर्दिबासको जनसेवा हस्पिटलमा पुगेका छन् । राहत बाँड्न सर्लाहीको लालबन्दिमा पुगेका सीताराम कट्टेल एक आगो पीडित महिलालाई लिएर बर्दिबासको हस्पिटलमा पुगेका हुन् । लालबन्दी ५ बेतीनीका २६ बाढी पीडित परिवारलाई राहत बाँडेर गाउ डुल्ने क्रममा सीतारामले बाढीले घर भत्काएर विचल्लीमा परेका एक माझी परिवारलाई देखे । जहाँ उनले असाध्यै दर्दनाक दृश्य पनि देखे । करिब ३५ वर्षीया रत्ने देवि माझीका हात र खुट्टा जलेर गम्भिर घाइते भएको अवस्थामा भेटिए पछि उनी निकै भावुक बने । करिब ६ महिना अघि घरमा आगो ताप्दा चुल्होमा लडेकी माझीले सामान्य उपचार गरेपछि थप उपचार नपाएकोले अवस्था निकै गम्भिर रहेको थियो ।

उनको जलेको घाउबाट रगत बगिरहेको दृश्यले सीतारामलाई निकै दुखी तुल्यायो । सोही कारण उनले आगोबाट पीडित भएकी ति महिलाको गंभिर अवस्थालाई देखेर उपचार गर्न तत्काल बर्दिबासको जनसेवामा पुर्याएका हुन् । बाढी पीडित माथि त्यस्ता गम्भिर घाउ देखेर सीतारामले उनको उद्धार गरिएको जनाएका छन् । आफू पनि दालले पोलेर १ महिना सम्म पोलाईको पीडा सहेकाले आगोको पीडा महशुस गरेर उनको उपचार गरिएको सीतारामले जनाएका छन् ।

हस्पिटलका अनुसार घाउ निको पार्न सकिए पनि आगोले पोलेर खुम्चिएका नसाहरु पुरानै अवस्थामा फर्काउन भने गाह्रो हुने बताएका छन् । सीताराम जस्तो सुकै अवस्थामा पनि पुर्ण उपचार गराउन पहल गर्ने बताएका छन । तराईमा बाढी पीडितलाई राहत र सहयोग गर्न लागेका धुर्मुस यति बेला मोरङ तर्फ लागेका छन् । gufgaf

The post राहत बाँडन तराई झरेका धुर्मुस अचानक बर्दिबासको हस्पिटलमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vG4ByC
via IFTTT

0 comments:

Post a Comment

add

 
Top