Photo of Milford Sound in New Zealand

काठमाण्डौ नेपाली सिनेमा फेरी भेटौंलाबाट कलिवुडमा डेब्यु गरेकि नायिका मनिषा कोइराला बलिवुडमा स्थापित नायिका हुन । १९९१ मा सौदागर रिलिज भएपछि मनिषाले पछाडि फर्केर हेर्नु परेन । उनका एक पछि अर्को हिन्दी सिनेमा हिट हुदै गए । सौदागर बिबेक मुसरान को पनि डेब्यु थियो । दुबै हिट भए पछि मनिषा र बिबेकको अफेयर वारे बलिवुडमा चर्चा भएको थियो । मनिषाले बलिवुडका थुप्रै स्टारसंग संगै काम गरेकि छन । ति मध्य एक हुन नाना पाटेकर । नाना पाटेकर र मनिषा सिनेमा अग्निसाक्षी पछि नजिक भएका थिए । त्यसपछि बिवेक जस्तै मनिषाको अफेयरको चर्चा नाना पाटेकर संग पनि भयो । तर नाना संगको मनिषाको अफेयर र ब्रेक अप सम्मको मोडका बारेमा बलिवुडमा चर्चा कायमै छ । मनिषा र नानाले रिलेशनशिपका बारेमा सिनेमा खामोसी द म्यूजिकलका बेला सार्वजनिक रुपमै स्विकार गरेका थिए ।

पाटेकरले एउटा अन्र्तवार्तामा मनिषालाई आज पनि मिस गर्ने गरेको बताउदै व्रेक अप जिवन जिउन कति कठिन हुन्छ आफूले झेलेको भनाई राखेका थिए । भारतिय सञ्चार माध्यम दैनिक भास्करका अनुसार नानाले मनिषालाई सारै सेन्सेटिभ अभिनेत्री मध्यको एक भएको र कस्तुरी हरिणको संज्ञा दिएका थिए । त्यतिबेला अबिबाहित मनिषा र बिवाहित नानाको ब्रेक अप हुनुमा अर्कि अभिनेत्री आयशा जुल्काको इन्ट्रि प्रमुख कारण भएको सञ्चार माध्यमले उल्लेख गरेका छन । जव नाना र मनिषा रिलेशनसिपमा थिए त्यतिबेला यी दुई बीच साना साना कुरामा पनि झगडा हुने गरेका खवर बाहिर आउथे । नानाले कहिले मनिषाको ड्रेस अपमा आपत्ति जनाउने त कहिले पार्टी, र औपचारीक कार्यक्रमहरुमा अरुसंग नबोले हुन्थ्यो भन्ने आशय ब्यक्त गर्ने गर्थे ।

पर्दामा जस्तै बास्तविक जिवनमा पनि अलि रिसाहा भनेर चिनिने नानाले सिनेमा युगपुरुषका शूटिङका बेलामा त मनिषाको ड्रेसका बारेमा खुलेरै आपत्ति जनाए । यो बिषयमा झगडा भएपछि केहि दिन दुबैको बोलचाल पनि बन्द भएको थियो । नाना चाहन्थे मनिषाले ज्यादा रिवीलिङ कपडा नलगाउन । मनिषा र नानाको ब्रेक अप हुनुमा यस्ता साना साना कुरा सहयोगी भए पनि मुख्य कारण भने आयशा जुल्काको प्रबेश नै हो । मनिषाले नाना र आयशालाई बन्द कोठामा रंगेहात फेला पारेकि थिइन । त्यतिबेला भनाभन मात्र हैन हात हालाहाल पनि भएको बताइन्छ ।

तत्कालको स्थितिलाई नाना पाटेकरले संझाइ बुझाई सम्हाले पनि यहि कारण नाना र मनिषा अलग भएका हुन । यो घटना पछि मनिषाले नानालाई पत्नी नीलकान्ंित संग सम्बन्ध बिच्छेद गरी बिवाह गर्ने कुरा गरिन । तर त्यतिबेला नाना सम्बन्ध बिच्छेद गर्ने मुडमा थिएनन र गरेनन । एकातिर आयशा संग बन्द कोठामा भेटाउनु अर्कोतिर सम्बन्ध बिच्छेदमा आनाकानी गर्नुले मनिषाको दिल टुटयो र यी दुइको प्रेम छुटयो । मनिषा नानाको जिवन बाट टाढा हुने निर्णयमा पुगिन । बलिवुडमा आफूभन्दा २० बर्ष जेठो नानासंगको प्रेम सम्बन्धमा पनि मनिषालाई घात भयो । यता आफू भन्दा कम उमेरका सम्राट दाहाल संग बैबाहिक बन्धनमा बाँधिएकी मनिषाको बैबाहिक जिवन पनि सुखद रहेन । २ बर्षमै सम्बन्ध बिच्छेद भयो ।gufgaf

The post जब मनिषाले बन्द कोठामा नाना पाटेकर र आयशालाई रंगेहात फेला पारिन ,, appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vLROsK
via IFTTT

0 comments:

Post a Comment

add

 
Top