Photo of Milford Sound in New Zealand

काठमाडौं, १ भदौ– भारतको चण्डीगढमा १० वर्षीय बलात्कृत बालिकाले बच्चा जन्माएकी छिन् ।

चण्डीगढको सरकारी अस्पतालमा बिहीवार विहान उनले बालिकालाई जन्मदिइन् । बच्चीको वजन केही कम छ । अस्पतालका एक अधिकारीले बीबीसीलाई बताए अनुसार आमा र छोरी दुवैको अवस्था सामान्य छ ।

यसअघि बलात्कृत बालिकाको परिवारले गर्भपात गराउनका लागि भारतको सर्वोच्च अदातमा निवेदन दिएका थिए तर अदालतले त्यसलाई स्विकार गरेन ।

सर्वोच्च अदालतले मेडिकल बोर्डको रिपोर्टमा आधारित भएर यस्तो फैसला दिएको थियो । अदालतले गर्भपात न त बलात्कृत बालिकालाई न शिशुलाई ठिक हुने छ भन्ने फैसला सुनाएको थियो ।

आरोप छ कि १० वर्षकी बलात्कृत बालिकाका साथ उनका आफ्नै काकाले बलात्कार गरेका थिए । भारतको मेडिकल टर्मिनेशन अफ प्रेग्नेन्सी एक्टका आधारमा अदालतले २० हप्ताको गर्भमा गर्भपातको अनुमति दिन्छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार जो बलात्कृत बालिका आमा बनेकी छिन् उनलाई आफूमाथि के भएको छ भन्नेसमेत थाहा पाएकी थिइनन् । उनलाई थाहा थिएन कि उनी गर्भवती छिन् र आमा बन्नेछिन् ।

पीडित बालिकाको पेटमा समस्या परेको थियो जसका कारण चिकित्सकले उनको अप्रेशन गरे ।

-Lokaantar

The post १० वर्षीय बालिकाले छोरी जन्माइन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uM7gHS
via IFTTT

0 comments:

Post a Comment

add

 
Top