Photo of Milford Sound in New Zealand

भाद्र महिनाको समग्र ग्रहगोचर र आमजीवनमा त्यसको प्रभाव : भाद्र महिनाको सङ्क्रान्ति बिहीबार परेको छ र सूर्यको राशि सङ्क्रमणको समयमा मकर लग्न रहेको छ । समग्र ग्रह परिवेश यस्तो रहने छ – सूर्यले भदौ महिनाभरि सिंह राशिमा विचरण गर्ने गर्दछन् । मङ्गल ग्रहले सुरुमा कर्कट राशिमा र १२ गतेपछि सिंह राशिमा प्रवेश गर्नेछन् । सुरुमा बक्री गतिका साथमा सिंह राशिमा देखिए पनि बुध ग्रह यसबीचमा ०९ गते कर्कट राशिमा फिर्ता आउने तथा १२ गते मार्गी भई पुनः १४ गते एकाबिहानै सिंह राशिमा प्रवेश गरेपछि महिनाभरि सिंह राशिमा नै उपस्थित रहने देखिन्छ । लगभग एक वर्षसम्म एउटै राशिमा रहने बृहस्पति ग्रहले पनि यो महिना राशि परिवर्तन गर्दैछन्, जसअनुसार आगामी २१ गते कन्या राशिबाट तुला राशिमा देवगुरु बृहस्पतिको प्रवेश हुनेछ । त्यस्तै सुरुमा मिथुन राशिमा रहेको शुक्र ग्रहले भाद्र ०४ गते कर्कट राशिमा प्रवेश गरेपछि पूरा महिना त्यसैमा विचरण गर्ने देखिन्छ । शनिश्चर ग्रहको गतिमा पनि परिवर्तन हुने सङ्केत छ, जसअनुसार विगत ०५ महिनादेखि बक्री रहेका शनिदेव आगामी ०८ गतेपछि मार्गी अवस्थामा फर्कने छन् ।

राहु र केतु भने क्रमशः कर्कट र मकर राशिमा नै रहीरहने देखिन्छ । यस्तो ग्रह परिवेशमा साउनको अन्तिमबाट सुरु भएको वर्षाको क्रमले निरन्तरता पाए पनि ठूलो धनजनको क्षति हुने सम्भावना भने देखिंदैन । बिहीबारको सङ्क्रान्ति भएकाले पहेंला चिजबीज धान, गहुँ, मकै आदि पहेंला अन्न, पाकेका फलफूल, स्वर्णादि द्रव्य आदिको दाम बढ्ने छ । धार्मिक, सामाजिक र परोपकारी काममा बृद्धि हुनेछ । आमजनतामा खुसीको वातावरण व्याप्त हुने छ भने राजनैतिक वृत्तमा पनि समझदारीको वातावरण कायम हुनेछ । फलामका सरसामान र निर्माण सामाग्रीको मूल्यबृद्धि हुनुका साथै बजारमा अभाव र कालाबजारी बढ्ने आशङ्का छ । सेयर कारोबारमा महिनाको पूर्वार्द्धका तुलनामा उत्तरार्द्ध राम्रो रहने देखिन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पाँचौं घरमा रहेको सूर्यको प्रभावले मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । यद्यपि प्रेमप्रसङ्ग, प्रणय एवं रतिरागका क्षेत्रमा निर्लिप्त हुन यो समय उपयोगी हुँदैन । पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय छ, तर चिन्तनमननमा बढी निर्लिप्त हुनु पनि हानिकारक बन्नसक्छ । आकस्मिक यात्राको अवसर आउन सक्छ । राशिस्वामी मङ्गलसमेत महिनाको उत्तरार्द्धमा पाँचौं भावमा नै आउने हुँदा त्यतिबेला बुद्धि र विवेकले काम नगर्न सक्छ, त्यसैले यस समयमा सावधान हुनु आवश्यक छ । व्यक्तिगत स्वास्थ्यमा समस्या आउन सक्छ । घरपरिवारकै सदस्यका कारण तनाव सिर्जना हुनेछ, सचेत हुनुपर्छ । तर बृहस्पति एक वर्षका लागि अब सातौं भावमा रहने छन्, अतः दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । व्यापार वा नोकरी आदिमा उत्तरोत्तर प्रगति हुने राम्रो सम्भावना छ । नयाँनयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता मिल्नेछ । सामान्यतया यस महिनाको ०३, ०४, ०५, १२, १३, १४, २२, २३, २४ र ३१ गते तपाईंका लागि अशुभ रहने छन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – यो महिनाा कडा मिहिनेत र परिश्रम गर्ने योग छ । निरन्तर गरिएको कष्टप्रद परिश्रमका कारण छिटै थाकिन्छ र कार्य क्षमतामा समेत कमी आउने छ । मन कुकर्म र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ । मातापिता र अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । सवारीसाधन हाँक्दा र बाटो काट्दा सावधान र सचेत रहनु बेस हुनेछ । राशि स्वामी शुक्र प्रायशः तृतीय भावमा रहने देखिन्छ, अतः यसको प्रभावले मन अत्यधिक उत्साही र फुर्तिलो रहनेछ । ससाना यात्रा सुखद र फलदायी हुनेछन् । पारिवारिक सुख कायम रहने छ । दाजुभाइ र दिदीबहिनीका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । शीघ्र निर्णय गर्ने सामथ्र्यको विकास हुनेछ, जसबाट लाभ प्राप्त गर्न सकिनेछ । भाग्येश शनिले पनि ०८ गतेपछि मार्गी गति लिनाले अचानक धनसम्पत्ति वा भौतिक उन्नति हुनसक्छ । सामान्यतया यस महिनाको ०५, ०६, ०७, १५, १६, १७, २४, २५ र २६ गते तपाईंका लागि अशुभ रहने छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – तृतीय भावमा रहेको सूर्यको शुभ प्रभाव प्राप्त हुने महिना हो, यो । पारिवारिक जीवन सुखद रहनेछ । बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनेछन् । अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना छ । घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । राशिस्वामी बुध १२ गतेपछि र भाग्येश शनि ०८ गतेपछि मार्गी हुने हुँदा यसको प्रभावले लुकेको प्रतिभा र व्यवसायिक योग्यताको सहज विकास हुनेछ । कार्यशैलीमा गम्भीरता आउने छ । सुखसुविधा भोग गर्न पाइने छ र मन प्रसन्न रहने छ । कामप्रतिको लगनशीलताका कारण प्रशस्त लाभ मिल्नेछ । पारिवारिक वातावरण सुमधुर रहनेछ । मातापितासित सुमधुर सम्बन्ध रहने छ । विलासिताका सामग्रीमा खर्च बढ्ने छ । सञ्चारमाध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । सामान्यतया यस महिनाको ०१, ०८, ०९, १७, १८, १९, २६, २७ र २८ गते तपाईंका लागि अशुभ रहने छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – दोस्रो भावको सूर्यले राम्रो फल दिंदैन, बोलीको प्रतिकूल प्रभाव पर्नेछ, शारीरिक तनाव र बोझलाई झेल्नसक्ने सामथ्र्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ र पारिवारिक जीवनमा निराशापना देखिने सम्भावना छ, तर घरायसी समस्या र परिवारजनका भावनालाई समेटेर अघि बढ्नु राम्रो हुनेछ । आर्थिक पक्ष भने सन्तोषजनक नै रहने देखिन्छ, तर दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु पर्छ । नवमेश बृहस्पति यो महिनाको अन्त्यमा चौथो भावमा आउने हुँदा घरायसी सुखसुविधा बढाउन र चलअचल सम्पत्ति आदिमा खर्च बढ्ने छ, साथै बन्दव्यापारको विकासमा पनि धनव्यय हुनेछ । ख्याति र सम्मानमा अभिबृद्धि हुनेछ । व्यापारमा परिवर्तन हुने वा नोकरीमा बढुवा वा प्रशंसा पाउने सम्भावना पनि देखिन्छ । पञ्चमेश मङ्गलको प्रभावले व्यापारमा घाटा हुने वा धनमाल हराउने÷ चोरी हुने सङ्केत छ, सतर्कता अपनाउनु राम्रो हो । सामान्यतया यस महिनाको ०१, ०२, ०३, १०, ११, १२, २०, २१, २२, २८, २९ र ३० गते तपाईंका लागि अशुभ रहने छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – राशिस्वामी सूर्यले आफ्नै घरको यात्रा गरेको समय भएकाले यस अवधिमा धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, जुन सुझबुझ र लगनशीलताका कारण फलदायक सिद्ध हुनेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । स्वास्थ्यस्थितिमा असर पर्ने वा परिवारका कुनै सदस्य अस्वस्थ हुने सम्भावना समेत छ, सचेतता अपनाउनु बेस हुने देखिन्छ । पञ्चमेश बृहस्पतिको पराक्रम स्थानमा प्रवेश हुने तथा भाग्येश मङ्गल राशिमा रहने हुँदा यसको प्रभावले गरेका क्रियाकलापको प्रशंसा हुनेछ । सामाजिक सम्मान प्राप्त हुनेछ । आत्मविश्वास बढ्ने छ । सामाजिक क्षेत्रमा वर्चस्व स्थापित हुनेछ । पारिवारिक उत्थानका निम्ति कुनै महत्त्वपूर्ण कार्य गर्न प्रयास गरिने छ । वैवाहिक जीवन वा प्रेमप्रसङ्ग सुखद हुनेछ । सामान्यतया यस महिनाको ०३, ०४, ०५, १२, १३, १४, २२, २३, २४ र ३१ गते तपाईंका लागि अशुभ रहने छन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – भाद्र महिनामा बाह्रौं भावमा सूर्य र मङ्गलका साथमा राशिस्वामी बुधको उपस्थिति रहने भएकाले त्यति सकारात्मक समय हुने छैन । सारांशमा यस अवधिमा मानसिक उल्झन र समस्यामा केन्द्रित भइने छ । गलत निर्णयका कारण अकल्पनीय हानि हुनसक्छ । खर्चको मात्रा बढ्ने छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ । व्यक्तिगत स्वास्थ्य पनि अनुकूल हुनेछैन । नातागोताका सदस्य एवं मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम राख्नु आवश्यक छ, अन्यथा एकआपसमा तनाव उत्पन्न हुनसक्छ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । राज्यस्थानमा बसेको भाग्येश शुक्र र तृतीय स्थानको पञ्चमेश शनि मार्गी बन्ने भएकाले त्यति अत्तालिने परिस्थिति पनि छैन । जीवनसाथी वा प्रेमीप्रेमिकाका बीचमा सम्बन्ध सुमधुर रहने छ । मित्र र सहयोगीले पूर्ण सहयोग गर्नेछन् । बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्णता हुनेछ । सामान्यतया यस महिनाको ०५, ०६, ०७, १५, १६, १७, २४, २५ र २६ गते तपाईंका लागि अशुभ रहने छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – राज्यस्थानमा रहेको सूर्य, बुध र मङ्गल ग्रहको शुभ प्रभावले यस समयमा करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय हो । आय आर्जनका मार्गमा सुधार आउने छ । बहुप्रतीक्षित इच्छा र आकाङ्क्षाले पूर्णता पाउने छन् र लामो दूरीको यात्रा लाभदायक रहने छ । राशिस्वामी शुक्रले कर्मक्षेत्रमा भ्रमण गर्ने हुँदा विलासिताका सामग्री र अन्य वस्तुहरू खरिद गर्नाले खर्च बढ्न सक्छ, तर घरायसी र पारिवारिक वातावरण सुखद हुनेछ । उता पञ्चमेश शनि मार्गी बन्ने हुँदा प्रत्येक कामलाई तन्मय भएर ध्यानपूर्वक गर्ने रहर जागेर आउँछ । आत्मविश्वासको मात्रा बढ्ने छ । नोकरी र बन्दव्यापारमा उत्साहवद्र्धक परिणाम प्राप्त हुन्छ । नयाँनयाँ उद्योगधन्दा र व्यवसायको प्रारम्भ हुने वा नयाँ रोजगारीको सङ्केत छ । पारिवारिक वातावरण सौहार्दपूर्ण रहनेछ । विदेशीहरूसँगको सम्पर्क बढ्ने छ । सामान्यतया यस महिनाको ०१, ०८, ०९, १७, १८, १९, २६, २७ र २८ गते तपाईंका लागि अशुभ रहने छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – राशिस्वामी मङ्गलका साथमा सूर्य र बुध कर्मक्षेत्रमा रहने भएकाले यो समय अत्यन्त क्रियाशील र व्यस्त रहने र कर्मक्षेत्रको परीक्षणको समय हो । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । उच्च पदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ । व्यवसायिक क्षेत्र र व्यापारको विस्तार हुनेछ । विपरीत परिस्थितिलार्ई कुशलतापूर्वक झेल्नाले आत्मविश्वास बढ्नेछ । शत्रुले हानि पुर्याउन सक्दैनन् । लामो दूरीको यात्रा गर्ने पूर्ण सम्भावना छ । हरेक क्षेत्रबाट खुसियालीको वातावरण प्राप्त हुने सम्भावना छ । यस महिनाको २१ गते पञ्चमेश बृहस्पति बाह्रौं भावमा प्रवेश गर्ने भएकाले महिनाको उत्तरार्द्धमा असुरक्षाको भावना जाग्न सक्छ । व्यर्थको काममा समय र पैसा बरबाद हुने सम्भावना छ । शत्रु र प्रतिस्पर्धीले तनावको सिर्जना गर्नेछन् । घरपरिवारका सदस्यले फरक व्यवहार देखाउन सक्छन् । विपरीत परिस्थितिलार्ई सामना गर्न आँफूभित्र प्रतिरोधात्मक शक्तिलाई विकसित तुल्याउनु राम्रो हुन्छ । सामान्यतया यस महिनाको ०१, ०२, ०३, १०, ११, १२, २०, २१, २२, २८, २९ र ३० गते तपाईंका लागि अशुभ रहने छन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – यो महिना कर्मक्षेत्रमा रहेको बृहस्पतिले राज्यस्थानमा प्रवेश गर्दैछ, अतः आगामी एक वर्षसम्म यसको प्रभावले उत्साहपूर्ण समय छ । यो समय राम्ररी बित्नेछ । विदेश अथवा दूरदराजमा रहेको स्थानमा बसोबास गर्ने व्यक्तिहरूसितको सम्बन्ध सुमधुर रहने छ । नयाँनयाँ उद्यम र इलममा संग्लग्न हुनु पर्ने छ । दाजुभाइ र दिदीबहिनीका माझमा खुसीको वातावरण बन्नेछ । प्रतिस्पर्धा वा परीक्षामा सहभागी हुँदा सफलता आर्जन हुनेछ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित हुनसक्छ । पञ्चमेश मङ्गलका साथमा सूर्य र बुध भाग्यस्थानमा भएकाले घरपरिवारका बृद्ध सदस्यबाट सहयोग र आशीर्वचन मिल्नेछ । दूरदराज वा दुर्गम स्थानमा गरिएको यात्रा सफल हुनेछ । आम्दानीका मार्ग बढ्ने छन् र आयका नयाँनयाँ स्रोतहरू प्राप्त हुनेछन् । समय राम्रो छ, समयको भरपूर सदुपयोग गर्नु बेस हुनेछ । घरमा कुनै शुभ कृत्यको आयोजना हुनसक्छ । सामान्यतया यस महिनाको ०३, ०४, ०५, १२, १३, १४, २२, २३, २४ र ३१ गते तपाईंका लागि अशुभ रहने छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – भाद्र महिनामा अष्टम भावमा सूर्य, मङ्गल र भाग्येश बुधको प्रभाव रहने छ, अतः त्यति अनुकूल समय देखिने छैन । अचानक विविध समस्या देखा पर्न सक्छन् । पारिवारिक र नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुनेछ । लामो समयसम्म अस्वस्थ हुने आशङ्का छ त्यसैले खानपान, आहारविहार र स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु र खराब र अनैतिक मानिने कामभन्दा टाढा रहनु नै कल्याणकारी हुनेछ । महत्त्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु बेस होला । लामो समयदेखि बक्री अवस्थामा रहेको राशिस्वामी शनिश्चर भाद्र ०८ गतेदेखि मार्गी बन्ने हुँदा त्यसपछि रोकिएका काम फाटफुट बन्न थाल्नेछन् । नयाँ काम र उद्यम सुरु गर्ने वातावरण बन्नेछ, मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । निकटतम नातेदारका बारेमा कुनै राम्रो खबर प्राप्त हुन सक्छ । सामान्यतया यस महिनाको ०५, ०६, ०७, १५, १६, १७, २४, २५ र २६ गते तपाईंका लागि अशुभ रहने छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – सातौं भावमा उपस्थित सूर्य र मङ्गलको शुभ प्रभाव रहने छैन, तर बुध ग्रहले सकारात्मक फल प्रदान गर्नेछ, त्यसैले मिश्रित प्रभाव भएको महिना हुनेछ । महिनाको पूर्वार्द्धमा कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न सकिने छैन । व्यवसायिक÷व्यापारिक क्षेत्रमा रहेका नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन् । राशिस्वामी शनिश्चर भाद्र ०८ गतेपछि मार्गी हुने भएकाले त्यसपछि कामधन्दा र बन्दव्यापारमा सफलता प्राप्त हुनेछ । धनागम हुनेछ । उच्चपदस्थ व्यक्ति र राज्यपक्षबाट रोकिएका काम निर्बाध सम्पन्न हुनेछन् । शत्रुपक्ष नियन्त्रणमा नै रहनेछन् । एउटा सुखद भ्रमणको सम्भावना छ । पारिवारिक वातावरण पनि अनुकूल रहने छ । फाइदा हुने क्षेत्रमा लगानी हुने सम्भावना छ । परोपकार र धार्मिक क्षेत्रमा सक्रिय हुँदा यस अवधिमा धनको वर्षा नै हुने सम्भावना समेत छ । यद्यपि घरपरिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ । सामान्यतया यस महिनाको ०१, ०८, ०९, १७, १८, १९, २६, २७ र २८ गते तपाईंका लागि अशुभ रहने छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – भाद्र २१ गतेपछि एक वर्षका लागि राशिस्वामी बृहस्पतिको आठौं भावमा प्रवेश हुने भएकाले त्यस अघिको समय उपयोगी छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । पहिले देखिएका प्रायशः समस्याहरूको निराकरण हुनसक्छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । पछाडि उछित्तो काड्ने र कुरा काट्नेहरू आफैं चुप लाग्नेछन् । नोकरी र व्यायसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आफ्नो सर्कलमा सम्मान र साख मिल्नेछ । तर महिनाको अन्तिमसमय राम्रो रहने छैन । सधैं असुरक्षाको भावना विद्यमान रहने छ । मानसिक चिन्ताका कारण कष्ट हुनेछ । शरीरमा रोगले सताउन सक्छ । मस्तिष्कलाई आराम हुनेछैन । घरपरिवारका सदस्यले फरक व्यवहार देखाउन सक्छन् । त्यसैले २१ गतेपछि कुल वा पितृको सेवासुश्रुषा र पूजादि गरी बृहस्पतिको अशुभ प्रभावलाई कम गराउनु वाञ्छनीय देखिन्छ । सामान्यतया यस महिनाको ०१, ०२, ०३, १०, ११, १२, २०, २१, २२, २८, २९ र ३० गते तपाईंका लागि अशुभ रहने छन् ।

-पुर्बेलीन्युजबाट साभार

The post २०७४ साल भाद्रको मासिक राशिफल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wdvZoZ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top