Photo of Milford Sound in New Zealand

फुलको सुन्दरता अनि संगीतको माधुर्यता यो दुई जिजको आकर्षणबाट वच्न कोहि सक्दैन । फेरी पुर्वी नेपालको सुन्दर पुर्खौली घर इलामबाट वसाई सरी पहाडकी रानी दार्जीलिङ्गकमा पुगेरका पुर्खाको पुस्ता सृजना गुरुङ्ग पनि त्यसबाट अछुतो रहने त कुरै भएन । ठाउँनै त्यस्तै थियो , कोईली गाउँथ्यो अनि झरनाले संगीत दिन्थ्यो । मनमा अनेक भाव आउँथ्यो , गायिका वन्ने रहर जाग्थ्यो । तर घरको अवस्था साँगितिक थिएन, अनि थिएन त्यो बाटो हिँड्ने उच्चतम साहस । तर पनि मनमा रहेको उच्च विश्वासले पिताको कार्यालयमै हुनै बार्षिक सांस्कृतिक कार्यक्रममा सृजनाले पहिलो चोटि गाईन, चिठ्ठी आएन चिठ्ठी आएन । तव त्यहिँबाट शुरु भयो सांगीतिक कर्म ।

त्यसपछि यीनले लोकल रेशव व्यान्ड (Resav Band) सँग माथि माथि सैलुङ्गे गाइन । सांगीतिक माहोलमा रमाने फेर अरु कुनै बातावरण नै वनेन । मातापिताको असामायिक निधनले त्यो बाटो पनि अवरुद्ध भयो । रह्यो त केवल पिडा र स्मृती मात्र ।

यस्तैमा सृजना कार्यको लागी सन् २०१२ मा काठमाण्डौ आइन् । त्यस्तैमा यिनी GYAN MEDIA मा आवद्ध भईन । अनि त्यहीँबाट शुरु यो सांगीतिक कर्म , संगीत सिक्न शरु गरिन् । अहिले यीनी गायनमा आफ्नो भविष्य कोर्न प्रयासरत छिन ।

यिनको पहिलो संगीत कोसेली आजदेखि मेरो एल्वम् (Mero Album ) वजारमा ल्याएकी छिन । करिव एक दर्जन गीत रेकर्ड गराईसकेकी सुमधुर स्वरकी धनी यिनी संगीतलाई नै आफ्नो कर्मभुमी वनाउन अग्सर छिन् । गहन गीत गाउने स्वर भए पनि सवै प्रकारका गीतमा सुर मिलाउन माहिर सृजना गुरुङ्गको यात्रा निरन्तर वढ्नेछ । यो एल्वम त केवल पहिलो पाईला मात्र हो सायद ।

The post सृजना गुरुङ्ग, एक अध्याय, निकै मर्म स्वर्श गीत, (भिडियो सहित हेर्नुहोस) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vLQnu9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top