Photo of Milford Sound in New Zealand

इन्दौर। भारतको इन्दौर नजिकै गत साता विचित्र दृश्य देखियो । एउटा बाँदरको मृत्युमा पूरै गाउँका जनता रोए । त्यसपछि गाउँलेहरुले उक्त बाँदरको शवयात्रा निकाले । शवयात्रामा सबै गाउँलेहरु सहभागी भए र बाँदरको परिवारको सदस्यजस्तै अन्तिम सँस्कार गरियो ।

यहाँ बाँदरलाई परिवारको सदस्यजस्तै मान्ने परम्परा पुस्तौंदेखि चलिआएको छ । नीमचको जावद भन्ने ठाउँमा कुनै पनि बाँदरको मृत्यु भएमा गाउँलेहरु मिलेर उसको शवयात्रा निकाल्छन् । अघिल्लो साता पनि यही गरिएको थियो । गाउँलेहरुले विधि विधानसहित बाँदरको मृत शरीरलाई स्नान गराए । उसको शरीरलाई अर्थीमा सजाए र बाटोमा फूल बर्षाउँदै अर्थीलाई श्मशानघाट लगियो ।

गाउँका पाका व्यक्ति नारायण सिंहका अनुसार यहाँ बाँदरलाई हनुमानको अवतार मानिन्छ । यहाँ बाँधरलाई परिवारको सदस्यलाई जस्तै ख्याल गरिन्छ । त्यसैले कुनै बाँदरको मृत्यु भयो भने अन्तिम सँस्कार पनि रितिरिवाजका साथ गरिन्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uV0XjI
via IFTTT

0 comments:

Post a Comment

add

 
Top