Photo of Milford Sound in New Zealand

एजेन्सी। अमेरिकासँग आणविक युद्ध हुने अवस्था आइसक्दा पनि उत्तर कोरिया फिटिक्कै डराएको छैन । उसले उल्टै अमेरिकाको ग्वामा आइल्याण्डमा आक्रमण गर्ने धम्की दिएको छ । उत्तर कोरियाका शासक किज जोङ उनले अगष्ट अन्त्यसम्म ग्वामा आयल्याण्डमा आक्रमण गर्ने धम्की दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘संसारले अहिलेसम्म नदेखेको’ आक्रमण गर्ने धम्की दिएपछि उत्तर कोरियाली नेता उन पनि प्रतिवादमा उत्रिएका हुन् । अमेरिका अत्यन्तै शक्तिशाली आणविक हतियारको धनी देश हो ।

तर, उत्तर कोरिया अमेरिकासँग फिटिक्कै डराएको छैन । किन त ? यसको जवाफ फोटोग्राफर एरिक लेफर्गले फोटोको माध्यमबाट दिने कोसिस गरेका छन् ।

कैयौं पल्ट उत्तर कोरियाको यात्रा गरिसकेका फोटोग्राफर एरिकले यो देशका हजारौं फोटो खिचिसकेका छन् । यही सिलसिलामा एरिकले उत्तर कोरियाको राजधानी प्योङयाङको सबैभन्दा गहिरो मेट्रो सुरुङका पनि कैयौं फोटो खिचे ।

एरिकका अनुसार यो सुरुङ ३ सय ६० फिट गहिरो छ । यसमाथि दुई परमाणु बलमे पनि असर गर्न सक्दैनन् । यसका अलावा सुरुङ करिब २९ किलोमिटर लामो छ । यसभित्र परमाणु आक्रमणको समयमा हजारौं मानिस लुक्न सक्छन् ।

एरिकका अनुसार यो मेट्रो सुरुङको निर्माण १९६८ मा भएको हो । १९७३ मा यो सुरुङ आम नागरिकको लागि खुला गरिएको थियो । त्यतिबेला शासनसत्ता अहिलेका शासनक किम जोङ उनका हजुरबुवा किम उल सुंगको हातमा थियो । सुंगले यो सुरुङको निर्माण युद्ध सुरक्षाका लागि नै बनाएका थिए । जहाँ राजधानीका हजारौं नागरिकलाई सुरक्षित राख्न सकियोस् ।

यहाँ चल्ने मेट्रो त्यतिबेला जर्मनीबाट मगाइएको थियो । अहिले भने मेट्रो रेलको निर्माण आफ्नै देशमा हुने उत्तर कोरियाले दावी गरेको छ । एरिकका अनुसार करिब २९ किलोमिटर लामो सुरुङमा १७ स्टेशन छन् । टिकटका लागि सबै प्लेटफार्ममा इलेक्ट्रिक मेसिन जडान गरिएका छन् । यहाँ भएका हरेक प्लेटफार्मको नाम देशमा भएका फरक फरक क्रान्तिको नामबाट राखिएका छन् ।

The post यस्तो छ सुरक्षाको उपाय, त्यसैले उत्तर कोरिया परमाणु आक्रमणसँग डराउँदैन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hTwFtn
via IFTTT

0 comments:

Post a Comment

add

 
Top