Photo of Milford Sound in New Zealand

एजेन्सी: भारत-चीन डोक्लाम वा डोक्लाङ विवाद अन्तर्राष्ट्रिय चासोको विषय बनिरहेका बेला चीन भारतसँग युद्ध गर्न तयार रहेको चिनियाँ मिडियाले दाबी गरेको छ। बेइजिङबाट प्रकाशन हुने पत्रिका ‘चाइना डेली मा अन्तराष्ट्रिय सम्बन्धमा अध्ययन गरिरहेका यीन फ़्‍यानले यस्तो दाबी गरेका हुन्। उनले चाइना डेलीको अनलाइन संस्करणमा भनेका छन्, ‘भारतको अनधिकृत प्रवेश चीनलाई कदापी सह्‍य हुँदैन।चीनको सम्प्रभुतामा ठेस पुर्‍याउन खोज्‍नेलाई जे पनि उपाय अवलम्बन गर्न चीन तयार हुन्छ। जुन सधैं जायज नै हुनेछ।’

उनले भुटानको आड लिएर भारतले डोक्लमलाई अतिक्रमण गरी दादागिरी देखाएको बताएका छन्। डोक्लाम विवाद समाधान गर्न भारतसँग थोरै समय रहेको उल्लेख गर्दै छिमेकी देशमा पनि घुसपैठ र दुश्मनको व्‍यवहार देखाईरहे चाँडै हराउन सक्‍ने क्षमता चीनसँग रहेको बताए।

यता, बेइजिङका लिबरेशन आर्मी साउथ चाइना सी फ़्लिट बेसका डेपुटी कमान्डर लियू ट्याङ्गले चाइना डेलीमा लेखेका छन्, ‘ केही दिनअघि मात्रै भारतीय सेनाहरु चीनको सीमामा गैरकानूनी ढंगबाट घुसेका छन्।तर पनि चिनियाँ सेनाहरु आफूलाई संयम बनाइरहेका छन्।यस्तै स्थितिमा भारतले पटक पटक घुसपैठ गरे चिनिया सेनाहरुले टुलुटुलु हेरेर बस्न सक्‍दैन। उनीहरुले आफनो आदर्शलाई नाघ्‍न सक्छन्।’

यस्तै चीनकै ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा लेखेको छ, ‘चीनको पीपल्स लिबरेशन आर्मी (पीएलए) डोक्लम विवादित क्षेत्रमा तैथान छ। यदि चिनियाँ पीएलए र भारतीय सेनाबीच एक पटक युद्ध भए भारतले ठूलो नोक्‍सान बेहोर्नेछ। यदि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले चीनको सद्‌भावलाई कमझोरी ठान्दछ भने भारतको लागि त्‍यो ठूलो कमजोरी हुनेछ। मोदी सरकारले भारतीय नागरिकहरुलाई अनेकन बनावटी कुरा गरेर उक्साउन नहुने हो। किनकी यो समय सन् १९६२को जस्तो होइन।जसले भारतलाई अपमानको बदला लिने मौका होस।’

त्यस्तै बेइजिङबाटै सञ्‍चालन भइरहेको चाइना सेन्ट्रल टेलिभिज़न(सीसीटीभी)मा चाइना इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडिज सम्बन्धि मामिलाका जानकार एवं विदेश मन्त्रालयका विज्ञ तेङ जियानकुन लेख्छन्, ‘चीनको आफ्नै हित रक्षा तथा संकल्‍प र योग्यतालाई भारतले अहिलेसम्म निक्‍कै कम आंकलन गरिरहेको छ। तर जब भारतले विवादित क्षेत्रमा आक्रमण सुरु गर्छ। चिनियाँ सेनाले ‘क्लियरेन्स’
गर्न केही समयमै जे पनि गर्न सक्छ।तसर्थ चाडै भारतले सीमाबाट सेना फिर्ता बोलाउनु नै उचित हुनेछ।’

यस्तै लिबरेशन आर्मीका एकेडेमी अफ मिलिटरी साइन्सेजका डिङ हाओका अनुसार २ अगस्ट २०१७ देखि ४८ जनाको भारतीय सेनाको बुल्डोजर गैर कानुनी रुपमा चिनियाँको सीमामा राखेको छ। तर चीनलाई अटेर गरिए डोक्‍लाम सीमामा भारतले गम्भीर परिणाम भोग्‍नेछ।

तर हङकङबाट प्रकाशित हुने एप्पल डेलीले सम्पादकीयमा लेखेको छ ‘चीन उत्तर कोरियाको परमाणु कार्यक्रमलाई रोक्‍न नसकेमा भारतलाई कसरी रोक्‍न सक्छ।चीनले धेरै मुश्किलले युद्धको घोषणा गर्छर यदि भारतसँग युद्ध भएमा त्यही समी विवादको विषयमा हुनेछ। यसको परिणाम सन् १९६२ भन्दा डरलाग्दो हुनेछ। जसले चीन र भारतको अन्तराष्ट्रिय स्तरमा खराब छवि हुनेछ’

http://ift.tt/2vf1Sdw

from SHYANE http://ift.tt/2uzewCk
via IFTTT

0 comments:

Post a Comment

add

 
Top