२८ साउन, रौतहट ।
लालबकैया नदीको बहाव उच्च बिन्दुमा पुगेपछि रौतहटको करुनिया र देवाहीमा लाल बकैयाको बाँध भत्काएको छ । बाँध भत्कीएपछि देवाही वडा नंं ८ को एक घरमा फसेका २०० जनाभन्दा बढी स्थानियलाई उद्धारमा कठिनाइ भएको छ ।
तटबन्ध भत्काएर आएको भिषण पानीबाट बच्न एउटा तिन तल्ले घरमा छिरेपछि उनीहरुलाई सुरक्षित स्थानमा लैजान निकै अप्ठ्यारो भएको जानकारी दिदै प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले गृहमन्त्राललाई जानकारी गराएर हेलीकप्टर माँग गरिए पनि प्रतिकुल मौसमका कारण हेलिकप्टर समेत उडान भर्ने अवस्थामा नरहेको बताए ।
यस्तै परोहा गाउँपालिका स्थित करुनिया गाउँ नजिक रहेको लाल बकैया नदीको पूर्वी बाँध आज दिउसो भत्किदा त्यस भेगको अवस्था पनि कष्टकर बनेको छ । लाल बकैयाकै पश्चिमी बाँध माथिबाट पानीको बहाव तिव्र हुँदा परोहकै इनर्वा गाउँका बासिन्दाहरुलाई अन्यत्र सारिने कार्य जारी रहेको तथा करुनियामा पनि स्थानीय बासिन्दाहरुलाई अन्यत्र सार्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।
बाँध मर्मत र स्थानिलाई अन्यत्र सुरक्षित स्थानमा सार्न गएको प्रहरी टोली समेत बाढीमा फसेको छ । देवाही ९ मा स्थानियलाई उद्धार गर्न गएका ११ जनाको प्रहरी टोली आफै बाढीमा फसेको छ भने प्रेमपुर गोनही ८ मा पनि एक प्रहरी हवल्दार र एक प्रहरी जवान बाढीमा फसेका छन । nepaliheadlines
The post करुनिया र देवाहीम तटबन्ध भत्कियो, हेलिकोप्टर उड्न सकेन, उद्धारमा गएका प्रहरी पनि फसे appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2vZuQAr
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.