Photo of Milford Sound in New Zealand

काठमाडौं, साउन १९ – पहिचान हुन नसकेको समूहले फालेको बम पक्रिएर फाल्ने प्रहरी सहायक निरीक्षक दुर्गा बहादुर रानालाई ५१ हजार रुपैयाँसहित सम्मान गरिएको छ । स्थानीय तह चुनावको क्रममा दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित श्री प्रतापपुर अम्बास आवासीय विद्यालयस्थित मतदान केन्द्रमा खटिएका रानाले बम फालेर मानवीइ तथा भौतिक क्षति हुन नदिएको भन्दै उहाँलाई पूर्व नेपाल प्रहरी परिवार मञ्च बेलायतले सम्मान गरेको हो ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालको उपस्थितिमा बिहीबार उहाँलाई सम्मान गरिएको हो । प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा मञ्चको तर्फबाट मञ्चका सल्लाहकार एवं नेपाल प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक शिवजी श्रेष्ठले प्रहरी सहायक निरीक्षक रानालाई नगद ५१ हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

समारोहमा मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रवासको बसाईको वावजुद पनि नेपाल प्रहरी संगठन र यसमा आवद्ध कर्मचारीहरुप्रतिको भावनात्मक सानिध्यताका लागि आफ्नो स्थानबाट दिएको योगदान सह्रानीय रहेको चर्चा गर्दै उक्त मञ्चप्रति संगठनकोतर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।

प्रहरी सहायक निरीक्षक रानाको अदम्य साहसले नेपाल प्रहरीका सदस्यहरुको विरता र कर्तव्यपरायणतालाई पुनः एकपटक इतिहासमा कहिल्यै नमेटिने गरी अंकित गरेको चर्चा गर्दै प्रहरी महानिरीक्षक अर्यालले यसले देश, विदेशमा रहेका नेपालीहरु माझ प्रहरी संगठनको पहिचान र लोकप्रियतालाई नयाँ उचाईमा पु¥याएको बताउनुभयो ।
साथै बम फाल्ने रानालाई राम्रो काम गरेको भदै गृहमन्त्री जनार्दन शर्माले यसअघिनै प्रहरी सहायक निरीक्षक बनाउनुभएको थियो ।ujyaaloonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wos6d4
via IFTTT

0 comments:

Post a Comment

add

 
Top