Photo of Milford Sound in New Zealand

श्रृजना आचार्य,काठमाण्डौ, २४ साउन । “मेरा श्रीमान लागुऔसध खान्थे तर डन होइनन् । प्रहरीले डन भन्यो त्यसै अनुसार मिडियाले पनि मेरो श्रीमानलाई डन भनेर सम्बोधन गरे । त्यो सबै सबै कुरा झुटो हो ।

म घरमा थिइन । म बाहिरवाट घर आउंदा हामी सिभिल प्रहरी हो तपाई ढोका खोल्नु भने । मैले ढोका खोलिन, तर प्रहरीले चावि खोसेर ढोका खोले । प्रहरी घर भित्र पसे । म प्रविणको आमालाई फोन गर्न थालें, त्यहि बिचमा गोलि चलेको आवाज सुनियो । तर वाहिर त्यस पछि के भयो मलाई केही थाहा छैन । छिमेकीले प्रविणलाई गोलि लाग्यो भने त्यस पछि म बेहोस भएं” ललितपुरको आफ्नै घरमा अति विछिप्त अवस्थामा रहेकी सविता खत्रीले पति प्रविण खत्रीको मृत्युको घटनाक्रम यसरी सुनाइन् ।

ललितपुर–१३ कुसुन्तीका ३२ वर्षीय प्रविण खत्री सोमबार दिउँसो प्रहरी कारवाहीका क्रममा मारीए । उनको मृत्युसंगै प्रहरीको दुइखाले प्रतिकृया आयो । कतै प्रविण “इन्काउन्टर” मा मारीएको भनेर प्रतिकृया आयो भने कतै प्रविणले आफै आत्महत्या गरेको भनेर प्रतिकृया आयो । प्रहरीको यस्तो दुइखाले प्रतिकृयाले प्रविण मृत्युका सम्बन्धमा प्रहरी कृयाकलापका विषयमा प्रश्न उठाइएको छ ।

पहिलो त प्रविण “इन्काउण्टर” मा मारिनु पर्ने तहसम्मका अपराधि हुन कि होइनन् । उनलाई प्रहरीले विना क्षति पक्राउ गर्न सकिने अवस्था थियो कि थिएन ?
यो विषयमा आफन्त र छिमेकीको आक्रोश तथा सामाजिक संजालमा टिप्पणी आए पछि प्रहरीले प्रविणले आफूमाथि गोली प्रहार गरेको र जवाफी कारवाहीमा उनको मृत्यु भएको दलिललाई प्रहरीले जोड दिइरहेको छ । स्थानिय बासीन्दा र आफन्तले प्रहरीले मुठभेडका नाममा नियोजित रुपमा नै प्रविणको ज्यान लिएको भन्दै आक्रोश ब्यक्त गरेका छन् । प्रविणका परिवारले सो घटना सुनियोजित भएको भन्दै छानविनको माग सहित प्रहरीमा उजुरी दिएका छन् ।

“लागु पदार्थ तस्करी र हतियार राखेको भनेर प्रहरीले गोली हान्यो । त्यसको विरुद्ध जाहेरी दिन आएको, प्रविणका काका बिनोद खत्रीले भने,प्रहरीले डन भनेको छ , ३५ केजीको मान्छे कसरी डन हुन्छ । गोलि हान्नु अघि उसको ब्याकग्राउण्डका बारेमा बुझ्नु पर्दैन ?”

उनले प्रविण लागुऔषधको दुब्र्यसनि भएको भने स्वीकार गरेका छन् । लागुपदार्थ खान्थ्यो, तर सुधार हुदै थियो । “डन भनेर परिवारको खिल्ली उडाइएको छ । जुन खालको कुरा वाहिर आएको छ त्यस्तो केही होइन” उनले भने ।

परिवारका सदस्यले प्रविणलाई प्रहरीले घरभित्रै प्रवेश गरेर गोली प्रहार गरी आत्महत्या भनेर प्रचार गरेको आरोप लगाएका छन् । “प्रहरीको भनाई नै बाझिएको छ । कहिले सुसाइट भन्छ, कहिले इन्काउन्टर भन्छ । यसले घटना झन सुनियोजित भएको पुष्टि हुन्छ” उनले भने । उनीहरुले अपराधमा संलग्न भएको सुचना प्रहरीसंग थियो भने प्रविणलाई पक्राउ गरेर त्यसको छानविन गर्नुपर्ने बताएका छन् । “प्रविण अपराधमा संलग्न थियो भने पक्राउ गरेर कसरी हतियार ल्यायो, कहांवाट लागुऔषध ओसार पसार गर्छ भन्ने पत्ता लगाउनु पर्थ्यो । यस्तो कृयाकलापले झन अपराधि लुकाउने काम प्रहरीले गर्यो” विनोदले भने ।

प्रविणका परिवारले दोसीलाई कारवाही गर्न र प्रहरीले लगाएको आरोप पुष्टि गर्न माग गरेका छन् । “यदि प्रविण दोशी नै थियो भने पनि त्यसको पुष्ठि प्रहरीले गर्नुपर्छ, विनोदले भने, चरी र घैटेसंग तुलना गरेर दुब्र्यसनिलाई डनको करार गरेर, दुब्र्यसनी बनाउनेहरुलाई पत्ता लगाउने सट्टा अपराधि लुकाउन प्रहरीले दुब्र्यसनिलाई मार्यो ।”
प्रहरीलाई केही दिनअघि प्रविण लागु औषधको कारोवारी भएको भन्ने सुचना आयो । उनीसंग पेस्तोल पनि छ भन्ने सूचनाका आधारमा प्रहरीले प्रविणको खोजि गर्यो । लागू औषधको कारोवारका साथै पेस्तोल पनि भएपछि उनी ठुलै डन भएको हुनसक्ने प्रहरीको आंकलन हुनसक्छ ।

सोही सूचना र आंकलनलाई आधार बनाएर प्रविणको खोजिमा हिंडेको अपराध महाशाखाका प्रहरी दिउसो प्रविणको घरसम्म नै पुगे । सम्पन्न परिवारका प्रविण त्यतिवेला आफ्नै कोठामा बसेका थिए । प्रहरी घरमै आइपुगेको उनले घरको सिसीटिभी क्यामेरावाट देखीहाले । खत्रीको शव पोस्टमार्टमकालागि टिचिङ हस्पिटलमा राखिएको छ । पोस्टमार्टमपछि मात्र थाहा हुने छ गोलि प्रहरीले चलाएको हो की खत्री आफैले हानेको हो भन्ने पुष्टी हुने छ । source:lightnepal

The post विवादित बन्यो प्रहरी ’इन्काउन्टर’ ! प्रहरी इन्काउन्टरमा मारिएका खत्रीकी श्रीमती भन्छिन् ’मेरो श्रीमान नसा खान्थे, तर डन होइनन्’ (भिडियोसहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wqgas3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top