Photo of Milford Sound in New Zealand

सुर्खेत : बाजेलाई बचाउन खोज्दा सुर्खेतमा दुई जना नातीको पनि मृत्यु भएको छ । जिल्लाको गुर्भाकोट नगरपालिकास्थित सिन्दुरे गाउँमा पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको हो । शनिबार मध्यरातमा पहिरोले घर बगाएपछि एकै घरका तीन जनाको ज्यान गएको छ ।

लगातारको वर्षापछि मध्यरातमा ठूलो आवाज आयो । निन्द्राबाट झल्याँस्स ब्युझिएपछि १४ वर्षका बिक्रम बुढा र उनका १२ वर्षका भाई शरण बुढा आमासँगै घरबाहिर भागे । तर ८३ वर्षका बाजे गुमानसिं बुढा घरभित्रै थिए । पहिरोले घर नै बगाउन थालेपछि बाजेलाई बचाउन भन्दै दुवै भाई घरभित्र पसे । बाजेलाई बाहिर निकाल्न गएका उनीहरु बाहिर निस्कन पाएनन् । तीनै जना बाजेनाती पहिरोका कारण घरभित्रै पुरिए ।

५५ वर्षीया द्रुपदा बुढा बाजेलाई जोगाउन घरभित्र पसेका दुबै छोराको पर्खाइमा थिइन् । तर उनले हेर्दाहेर्दै पहिरोले घर बगायो । काखमै रहेका दुवै छोरा गुमे । पहिरोमै परेर उनी घाइते भइन् । घरबाहिर भएका कारण उनले आफ्नो ज्यान भने जोगाइन् । तर परिवारका तीन सदस्य मध्य रातमा आँखै अगाडि गुमे । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेकी द्रुपदाको आँखामा आँसु ओभाएको छैन । शरिरको चोटभन्दा उनलाई रहरलाग्दा छोराहरु गुमाउँदाको पीडाले पोलेको छ । उनका पति र जेठा छोरा मजदुरीका लागि भारतमा छन् ।

‘मसँगै बाहिर आएका थिए, पहिरो माथिबाट खस्दै थियो’ दु्रपदाले भनिन्, ‘बाजेलाई बचाउन भन्दै दुबैभाई घरभित्र पसे, बाहिर निस्कन नपाउँदै पहिरोले घर लग्यो, छोराहरु बाहिर निस्कनै पाएनन् ।’ साँझ रमाइलो गर्दै सुतेका छोराहरु बिहान मृत अवस्थामा देख्दा उनले आफुलाई सम्हाल्न सकिरहेकी छैनन् । राती गुहार मागेपछि उनलाई छिमेकीले उद्दार गरेका थिए । पहिरोले सन्तानसँगै घर पनि बगाएपछि उनी बेसहारा बनेकी छन् । लगातारको वर्षाका कारण स्थानीय अम्मरबहादुर थापाको घर पनि पहिरोको जोखिममा छ । जोखिमका कारण उनको परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

वर्षाका कारण जिल्लामा दुई दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । यस्तै पहिरोका कारण सुर्खेतदेखि नेपालगञ्ज जोड्ने रत्नराजमार्ग पनि अवरुद्ध भएको छ । राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो । जसका कारण आइतबार दिनभर सवारीसाधनहरु बीचबाटोमै अलपत्र परेका थिए । विद्युत सेवा अवरुद्ध भएपछि जनजीवन कष्टकर बनेको छ । सुर्खेतसँगै छिमेकी जिल्ला दैलेखमासमेत विद्युत सेवा अवरुद्ध छ । पोल ढलेका र तार चुँडिएका कारण निर्माणको काम भइरहेको विद्युत प्राधिकरण शाखा सुर्खेतले जनाएको छ । तीन वर्षअघि साउन २८ र २९ गते पनि लगातार वर्षा भएको थियो । बाढीका कारण त्यतिबेला जिल्लामा एकसय ३४ जनाको ज्यान गएको थियो । यसपटक पनि साउन २८ गतेदेखि निरन्तर वर्षा हुँदा सर्वसाधारण त्रसित बनेका छन् ।annapurnapost

The post बाजेलाई बचाउन खोज्दा दुई नातीको पनि ज्यान गुम्यो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uBufFy
via IFTTT

0 comments:

Post a Comment

add

 
Top