Photo of Milford Sound in New Zealand

३० साउन, काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतका विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोन वार्ता गरेका छन ।

आइतबार साँझ भएको उक्त टेलिफोन वार्तामा भारतीय विदेशमन्त्री स्वराजले कोशी व्यारेजलगायत अन्य बाँधको ढोका खोल्न भारत सरकारले निर्देशन दिएको जानकारी गराएकी थिइन् ।

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले विपद्को यस घडीमा भारत सरकारले सक्दो सहयोग गर्ने बताएको उपप्रधानमन्त्रीका प्रेस तथा जनसम्पर्क संयोजक हरि लामिछाने बताए ।

यसअघि बाढीले तराईका जिल्ला जलमग्न भएर जनधनको क्षति हुँदासमेत भारतले चासो देखाएको थिएन ।

नेपालका तराई मधेशका बिभिन्न जिल्लामा अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण हालसम्म ६६ जनाको मृत्यु भएको छ भने बाढीपहिरोबाट २८ जना घाइते र ५३ जना बेपत्ता रहेका छन् ।

The post बाँधको सबै ढोका खोल्न भारत सरकारको निर्देशन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2w2k7WD
via IFTTT
13 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top