Photo of Milford Sound in New Zealand

एजेन्सी : भारत–चीन बीच विवादित भूभाग लद्दाख स्थित सीमा क्षेत्रमा तैनाथ रहेका भारतीय र चिनियाँ सेनाबीच मंगलबार ढुंगाहानाहान भएको खबर बाहिर आएको छ।

भारतीय सञ्चार माध्याममा आएका खबर अनुसार दुवै पक्षका सैनिकले एक अर्कामाथि सीमामा घुसपैठ गरेको आरोप लगाएका छन् । दुवै पक्षका सेनाले एक अर्काको इलाकामा प्रवेश गरेको र प्रतिरोध गरेपछि पछि हटेको दावी गरेका छन् । बिहान करीब ७ बजे तिर भएको ढुंगाहानाहान आधा घण्टासम्म चलेको बताइएको छ । त्यसपछि दुवै पक्ष आफ्ना इलाकामा गएका थिए । ढुंगाहानाहानबाट दुवै पक्षका केही सैनिक जवान घाइते भएको भारतीय सञ्चार माध्यामहरूले जनाएका छन् ।

यस घटनालाई लिएर बुधबार भारतीय र चिनियाँ सेनाबीच वार्ता भएको छ । वार्तामा दुवै पक्षले आगामी दिनमा यस्ता घटना हुन नदिने प्रतिबद्धता जनाएको बताइएको छ । सीमा क्षेत्रको चुशूल घाटीमा भएको वार्तामा यस क्षेत्रमा भएको घटनाको विषयलाई लिएर अन्य सीमा क्षेत्रमा तनाव उत्पन्न हुने स्थित सिर्जना हुन नदिन दुवै पक्ष सहमत भएको जनाइएको छ ।

डोक्लामको विषयलाई लिएर करीब दुई महिनादेखि चिनियाँ र भारतीय सेनाबीच सीमा क्षेत्रमा तनाव उत्पन्न भइरहेको छ ।

The post किन भयो चिनियाँ र भारतीय सेना बीच ढुंगा हानाहान ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2x3Nww6
via IFTTT

0 comments:

Post a Comment

add

 
Top