Photo of Milford Sound in New Zealand

कास्की, साउन ३१ – पोखरामा एक सैनिकले गोली हानेर सहकर्मीको हत्या गरेका छन् । मंगलबार बिहान साढे ४ बजे पोखराको रत्नमन्दिर ब्यारेकमा कार्यरत बसन्त लोहारले सहकर्मी गणेश बिष्टलाई गोली हानेका हुन् ।

दार्चुलाका लोहारले बैतडी घर भएका बिष्टलाई एम १६ राइफलबाट सात राउण्ड गोली हानेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सात राउण्ड मध्ये बिष्टलाई चारवटा गोली लागेको थियो ।

कोखामा गोली लागेर गम्भीर घाइते भएका बिष्टको उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो । रिसइबीका कारण लोहारले सहकर्मीलाई गोली चलाएको हुन सक्ने अनुमान गरिएको छ । ujyaaloonline

The post पोखरामा एक सैनिकले सहकर्मीमाथि हाने ७ राउण्ड गोली appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2i1C95t
via IFTTT

0 comments:

Post a Comment

add

 
Top