Photo of Milford Sound in New Zealand

कलिउड। नेपाली फिल्म जगतका धेरै अभिनेत्रीहरु अमेरिकामा रहेका छन् । कुनै समय ठुलै चर्चा कमाएका नेपाली अभिनेत्रीहरु एकाएक अमेरिका भासिएका थिए ।

नेपाली फिल्मबाट सोचेजस्तो प्रगति गर्न नसकेपछि भविष्य सुनिश्चित गर्न पनि उनीहरु अमेरिका भासिएको बेलाबेलामा मिडिया रिपोर्टहरु आउने गर्छन् । उनीहरु अमेरिकाका विभिन्न राज्यमा बस्दै आइरहेका छन् । आउनुहोस् कुनै समयका नेपाल चर्चित अभिनेत्रीहरु अमेरिकाको कहाँ बस्छन् ?

कृष्टि मैनाली

नेपाली फिल्ममा कुनै समय आफ्नो अदाकारिताका लागि चर्चित थिइन् कृष्टि मैनाली । उनी परिवारकासाथ न्युर्योक राज्यमा बस्दै आइरहेकी छिन् । मिडिया रिपोर्टका अनुसार अमेरिकामा रहेता पनि नेपाली फिल्मसँग सम्बन्धित मानिसहरुको सम्पर्कमा भने उनी छैनन् ।

पुजा चन्द

नेपाली फिल्मलाई एक्कासी माया मारेर अमेरिका भासिने अभिनेत्री हुन् पुजा चन्द । उनी बाल्टीमोरमा परिवारका साथ व्यवसाय सञ्चालन गरेर बस्दै आइरहेकी छिन् ।

बाल्टीमोरमा बस्ने अन्य कलाकारहरुमा सारंगा श्रेष्ठ, रिचा शर्मा अरुणिमा लम्साल रहेका छन् । बाल्टीमोरमा बस्ने नेपाली कलाकारहरु अन्य कलाकारहरुभन्दा सक्रिय रहेका छन् । बाल्टीमोरमा नेपालीहरु कलाकारहरुको संख्या बढी भएका कारण पनि उनीहरुको सक्रियता बढी भएको अनुमान लगाउन सकिन्छ ।

सारंगा श्रेष्ठले अमेरिका नृत्य कक्षा सञ्चालन गर्दै आइरहेकी छिन् ।

जल शाह

नेपाली सिने जगतकी अर्की लोकप्रिय नायिका अमेरिकाको साल्ट लेक सिटीमा बस्दै आइरहेकी छिन् । करिब १० वर्षदेखि युटामा बस्दै आइरहेकी जल शाहले बेलाबेलमा सास्कृतिक कार्यक्रम पनि आयोजना गर्ने गर्छिन् ।

अनुपमा

फिल्म के भो लौ न नी, रणभुमि जस्ता केही फिल्महरुमा अभिनय गरेकी अभिनेत्री भर्जिनिया राज्यमा आफ्नो परिवारका साथ बस्दै आइरहेकी छिन् ।

उषा पौडेल

केही समय बाल्टिमोरमा बस्दै आइरहेकी उषाले नायक सुधाम्सु जोशीसँग विवाह गरेकी थिइन् । हाल उनी सुधाम्सु बसिरहेको भर्जिनिया राज्यमा बस्दै आइरहेकी छिन् ।

सज्जा मैनाली

कमेडियन स्वर्गीय गोपल राज मैनालीकी छोरी सज्जा मैनाली पेनसल्भिनियामा बस्दै आइरहेकी छिन् । सज्जा पनि त्यति धेरै फिल्मकर्मीहरुको सम्पर्कमा छैनन् ।

युना उप्रेती

पर्खि बसे फिल्मबाट एकाएक चर्चाको शिखर चुमेकी अभिनेत्री युना टेक्सस राज्यमा आफ्नो श्रीमान्सँग बस्दै आइरहेकी छिन् ।

निष्ठा मल्ल शाह

कुनै समयको लोक प्रिय कार्यक्रम गिताञ्जीकी सञ्चालिक तथा फिल्म अभिनेत्री निष्ठा शाह मल्ल बोस्टन राज्य बस्दै आइरहेकी छिन् ।

रञ्जना शर्मा

न्युर्योक

सौजन्य सुब्बा
पेनसल्भिनिया

बिनिता बराल
ओहायो

नन्दिता केसी
न्युर्योक

लामो समय अमेरिका बसेर फर्कने नेपाली कलाकार हुन् गौरी मल्ल र करिश्मा मानन्धर ।

करिश्मा मानन्धर राजनीतिमा लागेकी छिन् । उनी नयाँ शक्ति पार्टीकी नेतृ हुन् । त्यस्तै गौरी मल्लले भने अभिनय यात्रालाई पुन निरन्तरता दिएकी छिन् । – नेपालीपत्रबाट साभार

The post अमेरिकाको यी शहरहरुमा बस्छन् नेपालका कुनै समयका चर्चित अभिनेत्रीहरु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2fKkhen
via IFTTT

0 comments:

Post a Comment

add

 
Top