काठमाडौं : जुनसुकै विवाहको पनि महत्वपूर्ण केन्द्र दुलाहा दुलही हुन्छन् । उनीहरुको मन नमिलेसम्म विवाह नै हुन सक्दैन । यद्यपी बारामा भने विवाहकै विषयमा अनाौठो घटना सार्वजनिक भएको छ ।विवाहपछि केटी मन नपरेको भन्दै दुलही नलगेपछि दुलहासहित जन्तीलाई गाँउलेहरु घेराउ गरेका छन् ।
मुस्लिम परम्परा अनुसार गएराति विवाह भए पनि बिहान सबै सामु तीन पटक तलाक गरेर दुलही आफूले नलिने भनेपछि, गाँउलेहरुले दुलहासहित जन्तीलाई मदर्साको कोठामा थुनेर राखेका हुन्।
विवाह अवधिभर चुपचाप बसेका दुलहाहाले विवाह सकिएलगत्तै दुलही आफूलाई मन नपरेकाले बिहे गरे पनि आफ्नो घर नलैजाने दुलहा रुस्तम आलमले जानकारी दिए ।बाराको महागढीमाई नगरपालिका–१० गञ्ज भवानीपुरमा भारतको बिहार राज्य बेतीया,
नजिकै रहेको मझौलिया गाँउबाट आएको जन्तीलाई स्थानीय बासिन्दाले घेराउ गरेपछि भद्र भलादमीहरुले सार्वजनिक भेलाबाट केटा पक्षले लिएको दाइजोसहित बिबाहको सम्पूर्ण खर्च वापत २ लाख ७५ हजार रुपैयाँ दिने सहमति गरेको प्रहरी चौकी गञ्ज भवानीपुरले जनाएको छ ।
अभिभावकले रकम नदिएसम्म केटी पक्षले केटाको परिवार र जन्तीसँगै ल्याइएका २ भारतीय गाडी नियन्त्रणमा लिएका छन्।
The post बिहे सकिएपछि दुलाहाले दुलही नराम्री भएकी भन्दै लान नमानेपछि… appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2hS6Fv6
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.