Photo of Milford Sound in New Zealand

सिरहा : सिरहाको कर्जन्हा नगरपालिका २ बन्दिपुरका स्कुले बालक भवेशकुमार यादवको हत्या स्कुले साथी र दिदीबाटै भएको रहस्य खुलेको छ । कुसुमलाल यादवका १३ वर्षीया छोरा भवेशको हत्या उनकै स्कुले साथी संजयकुमार साह र दिदी प्रियङ्काबाटै भएको रहस्य खुलेको हो ।

हत्याका अभियुक्त १४ वर्षीय संजय र १६ वर्षीया प्रियङ्कालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ । प्रहरी नायब उपरीक्षक गज्जुसिद्धी बज्राचार्यका अनुसार प्रियङ्का मृतक भवेशकै ठूलो बुबाकी छोरी हुन् । संजय धनुषा धनौजीकट्टी ५ का नथुनी साहका छोरा हुन् । उनी कर्जन्हा नगरपालिका २ स्थित मामा नविन साहको घरमा बसेर पढ्दै छन् । मृतक भवेश र हत्या गर्ने बालक संजय गाउँमा जहिल्यै सँगसँगै खेल्ने गर्थे ।
‘कार्तिक १ गते भैंसी चराउन जाँदा कमला नदी किनारको नर्सरीमा प्रियङ्कासँग संजयले यौन सम्पर्क राखेका थिए’, प्रहरी नायब उपरीक्षक बज्राचायले भने, ‘यौन सम्पर्क राखेको दृष्य भवेशले देखेका थिए । त्यसैले अरुलाई सुनाइदिन्छ कि भनेर प्रियंका र संजयले उनको हत्या गरेका अनुसन्धानबाट खुलेको छ ।’

यसरी बन्यो हत्याको योजना
प्रियङ्का र संजय कात्र्तिक १ गते भैंसी चराउन नर्सरी पुगेका थिए । नर्सरीको झाडीमा प्रियङ्कासँग संजयले शरीरिक सम्बन्ध राख्दा भवेशले देख्यो । हतार हतार भवेश घर गए । भवेशका ठूलो बुवाको छोरी प्रियङ्का पनि घर पुगिन् । शारीरिक सम्बन्धबारे म सबैलाई भनिदिन्छु भनेर भवेशले प्रियङ्कालाई भने । त्यसपछि प्रियङ्काले संजयसँग सम्पर्क गरिन् ।

यो कुरा सार्वजनिक भए समस्या हुन्छ भन्ने निष्कर्ष संजय र प्रियङ्काले निकाले । कसैलाई भन्नुअगाडी नै भवेशको हत्या गर्ने दुबैले योजना बनाए । आफूहरु धेरै मोवाइल र पटाका भेटाएको बहाना बनाएर प्रियङ्का र संजयले भवेशलाई फकाएर नर्सरी लगे । पटाका यति धेरै छ कि हेरेपछि दिमाग खराब भइहाल्छ भनेर भवेशको दुबै आँखा बन्द गर्न लगाए । प्रियङ्काको सल लिएर संजयले भवेशको दुबै आँखा बाँधिदिए । पटाका र मोबाइल त के ल्याउनु प्रियङ्काले लुकाएर लगेको खुकुरी निकाले र भवेशको घाँटीमा बजारे । पालैपालो प्रियङ्का र संयज दुवैले खुकुरी उनको घाँटीमा प्रहार गरे । जतिबेलासम्म भवेशको शरीरबाट घाँटी अलग भएन त्यत्तिबेलासम्म खुकुरी प्रहार गरिरहे ।

त्यसपछि कसैले पहिचान गर्न नसकोस् भनेर संजयले भवेशको घाँटी नर्सरीको झाडीमा फालिदिए । यसरी निर्मम हत्या गरेको खुलासा प्रहरीले गरेको हो । यसरी भवेशको हत्या दिउँसो भएको थियो । प्रहरीले हत्या भएकै दिन साँझ नर्सरीमा उनको शव भेटेको प्रहरी नायब उपरीक्षक बज्राचार्यले बताए ।

The post भैंसी चराउन जाँदा यौन सम्पर्क, रहस्य खुल्ने डरले बालकको हत्या appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zVmFVv
via IFTTT

0 comments:

Post a Comment

add

 
Top