Photo of Milford Sound in New Zealand

चितवन, १३ कात्तिक । चितवन तथा पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चित्तल मार्ने क्रम बढेको देखिएको छ ।
मध्यवर्ती क्षेत्रमा रहेका स्थानियहरुले मासुको लोभका कारण चित्तल मार्ने क्रम बढेको निकुञ्ज सुरक्षार्थ खटिएको बटुकदल गण कसराले अनुसन्धानले देखिएको छ ।

विशेष गणको जिम्मेवारी जिम्मेवारी इलाका खगेन्द्रमल्ली सेक्टर अन्तर्गत प्रतापपुर पोष्टबाट करिव ६ कि.मि. पश्चिम मनहरी उपभोक्ता समितिको मध्यावर्ती क्षेत्रमा पर्सा राष्ट्रिय निकूञ्जको कोर इलाकाबाट घासको भारीमा मृत पोथी चित्तल लूकाएर बोकी ल्याउदै गरेको अवस्थामा नेपाली सेनाले फेला पारेपछि यस्तो रहस्य बाहिर आएको हो ।

सेनाको टोलीले पमनहरी गाउपालिका वडा नं ७ रमौली बस्ने बर्ष ३४ कि दिलमाया मगर, बर्ष २२ कि रिता थापामगर, बर्ष ३६ कि सन्तमाया राई र बर्ष ४६ कि लक्ष्मी राईलाई पक्राउ समेत गरेको थियो । निज महिलाहरुलाई पर्सा राष्ट्रिय निकुञ्जका गेमस्काउट किरण गिरीलाई भरपाई गरी बुझाएको गणका गणपति समुन्द्र थापाले जानकारी दिए ।

महिलाहरुले घांसको भारीमा बोकेर ल्याएको मृत चित्तल अन्दाजी ३ बर्षको करिब् ४५ के.जी. रहेको उनले बताए ।
चित्तलको घाटि अगाडीको भागमा छ वटा, पछाडीको दाहिने खुट्टामा घ वटा र पछाडीको टेक्ने खुट्टामा १ वटा हसियाले काटेको जस्तो देखिने गहिरो घाउ रहेको निकुञ्जले जनाएको छ ।

मनहरी उपभोक्ता समितिका सचिव कमल बहादुर राई, मनहरी गाउपालिका वडा नं.७ का वडा सदस्य नवराज घिमिरे, पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयका दरोगा रामएकवाल चौधरी, मनहरी गाउपालिका वडा नं ७ बस्ने स्थानिय सुक बहादुर राई, नेपाली सेनाको प्रतापपुर पोष्टका अधिकृत रहोवरमा उक्त चित्तलको मुचुल्का उठाई पक्राउ परेका महिलाहरु र चित्तललाई पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय, आधाभार थप अनुसन्धानका लागि लगिएको छ ।

The post चित्तल मारी घाँसको भरिमा लुकाएर ल्याउने महिला पक्राउ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iLZUz3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top