Photo of Milford Sound in New Zealand

काठमाडौं : गिनिज वल्र्ड रेकर्डमा संसारकै होचो कलाकारका रूपमा नेपाली कलाकार दीपेन शाहले दाबी गरेका छन् । केही समयअघि निर्माण भएको होचापुड्का कलाकारहरू अभिनीत चलचित्र सारथिमार्फत अभिनय यात्रामा लागेका दीपेन हास्य टेलिचलचित्र छेउ न टुप्पो तथा झ्याइँकुटी झ्याइँमार्फत दर्शकको मनमा बसेका थिए ।

यी टेलिचलचित्रमा समाज सुधारकको भूमिकामा देखिएपछि उनलाई उद्योगमा ‘दीपेन सर’ का नामले चिनिन्छ । ‘सारथिमा होचा कलाकारको खोजी भइरहेको छ भन्ने सुनेर खोज्दै पुगेको थिएँ, निर्देशकले पनि मन पराउनुभयो अनि कलाकार बनेँ’, आफ्नो अनुभव सुनाउँदै दीपेनले भने ।

सानैदेखि हिरो बन्ने सपना पालेका उनी अभिनय यात्रामा आफूले पाएको सफलताबाट उत्साहित छन् । ‘एक दिन हिरो बनेर देखाउँछु, हिरोइनसँग गीत गाउँछु, नाच्छु पनि’, सुटबुट र कालो टोपीमा ठाँटिएका उनले भने।

२०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिकामा जन्मेका दीपेश अहिले १९ वर्षका भए । ‘जन्मँदा दुई पाउको थियो । हत्केलामा अटाउने’, बाबु दीपक शाहले भने, खाने, रुने सामान्य नै भए पनि साह्रै थोरै तौलको थियो । पछि निकै बिरामी पर्न थालेपछि हामी परिवार नै काठमाडौं सर्‍यौं ।

मेरो जागिर पनि यतै भएपछि उसको उपचारतिर लागियो । केही वर्षपछि उसको स्वास्थ्य सामान्य बन्दै गए पनि उचाइ भने बढेन ।’ ‘हामीले खाने ठूलो एक गाँस भात जति उसको आहारा छ । एउटा बल्ल खाइसक्छ’, छोराको खानपिनबारे उनले भने ।

सुरुमा उनकी आमा धनकुमारी छोराको उचाइले निकै चिन्तित थिइन् । कलाकारितामा लागेर नाम कमाउन थालेपछि भने उनको चिन्ता केही कम भएको छ । उनका दुई दिदी र एक दाजुको उचाइ भने औसत नेपालीकै छ । दीपेनको तौल अहिले ११ केजी र उचाइ ३१ इन्च छ । गिनिज बुक अफ वल्र्ड रेकर्डमा दीपेनको नाम लेखाउन अहिले दीपेन शाह फान्डेसन र शिखर नेपालनामक दुई संस्था लागिरहेका छन् ।

हामीले पहिलो चरणमा पठाउनुपर्ने सबै डकुमेन्ट पठाइसकेका छौं । गिनिज रेकर्डले पनि पहिलो चरणको भेरिफिकेसन गरिसकेको छ । अबको तीन महिनामा दीपेनले विश्वका होचा कलाकारको प्रमाणपत्र पाउनेमा हामी विश्वस्त छौं । -शेखर खनाल, अध्यक्ष शिखर नेपाल

शिखर नेपालका अध्यक्ष शेखर खनाल भन्छन्, ‘हामीले पहिलो चरणमा पठाउनुपर्ने सबै डकुमेन्ट पठाइसकेका छौं । गिनिज रेकर्डले पनि पहिलो चरणको भेरिफिकेसन गरिसकेको छ । अबको तीन महिनामा दीपेनले विश्वका होचा कलाकारको प्रमाणपत्र पाउनेमा हामी विश्वस्त छौं ।’ ‘यो विधामा अहिलेसम्म गिनिज बुकमा कुनै दाबी नै परेको रहेनछ, त्यसैले हामीले नै पाउनेमा निर्धक्क छौं’, खनालले भने ।

खनाल र उनको संस्था शिखर फाउन्डेसनकै पहलमा यसअघि पनि खगेन्द्र थापामगरले गिनिज रेकर्डमा होचा व्यक्तिको प्रमाणपत्र पाएका थिए । ‘उचाइ कम भए पनि प्रस्ट बोली र तीक्ष्ण दिमाग भएकाले पनि दीपेनको दाबेदारीलाई अरूले उछिन्ने सम्भावना छैन । यो उचाइ र शारीरिक बनावट भएको प्रस्ट बोल्ने व्यक्ति पाउन गाह्रो पर्छ’, खनालले भने ।

ललितपुरको डाँफे स्कुलमा कक्षा १० अध्ययनरत दीपेन अहिले स्टेज कार्यक्रमहरूबाट राम्रै कमाइ गरिरहेका छन् । ‘छोराको कमाइबाट सन्तुष्ट छु’, बाबु दीपक भन्छन्, ‘होचो कलाकारका रूपमा विश्व कीर्तिमान रह्यो भने त झन् नेपालकै नाम रहन्छ । यसको पहलमा सहयोग गरिदिनेहरूलाई धन्यवाद छ।’
अभिनय र फिल्मतिर धेरै ध्यान दिएर पढाइमा अलि पछि परेकोमा केही चिन्ता लागे पनि छोराका अरू कुराले आफू सन्तुष्ट नै रहेको बताउँछन् दीपक । ‘दाजुले बिहे नगरेरमात्रै हो नत्र म बिहे गर्ने मुडमा पो पुगेको छु त’, रोमन्टिक बन्दै दीपेनले भने,

‘दाजुको पालो मिच्नु भएन के गर्नु? ’ उनले आफू कसैको प्रेममा परेको सम्म भन्न भ्याए । ‘अहिले नै सबै कुरा खुलाउनु त भएन नि’, उनले भने, ‘गिनिज बुकमा नाम लेखाउन पाए त देशकै नाम हुन्थ्यो । अनि बिहे गर्नुपर्छ ।’
from annapurnapost.com

The post संसारकै होचो कलाकारमा गिनिज वर्ल्ड रेकर्डमा दीपेनको दाबी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iOZb09
via IFTTT

1 comments:

  1. यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस

    ReplyDelete

add

 
Top