Photo of Milford Sound in New Zealand

सीताराम चौधरी
चन्द्रौटा, १० कात्तिक । तिहार मान्न माइत गएकी एक महिला भाइटीकाको अर्को दिन घर फर्कने भनी बसमा चढेपनि हालसम्म घर आइपुगेकी छैनन् ।

शिवराज नगरपालिका वडा नं. ५, बालापुरका विष्णु सापकोटाका श्रीमती २२ वर्षीय गीता सापकोटा गत कात्तिक ५ गते आइतबारदेखि बेपत्ता भएकी हुन् ।

कपिलवस्तु नगरपालिका वडा नं.–१०, छेतराज माइत भएकी गीता भाइटीकाको अर्को दिन घर फर्किने भनी माइतबाट हिँडेकी बताइएको छ ।

गीताकी आमा आफैं वाणगंगाको बुङ्चीसम्म आई बसमा चढाएको पारिवारिक स्रोतले बताएको छ । तर गीता कता गइन्, एक घण्टाको बाटोमा पनि घर नपुग्दा परिवार निकै चिन्तित बनेका छन् ।

गीताले आफ्नो ४ वर्षे छोरा सुभम सापकोटालाई जेठानी दिदीको माइत इमिलियामा झारेर आफू माइततर्फ गएको जेठानी बिमला खनाल सापकोटाले बताउनुभयो । अहिले छोरा जेठानीका छोरीहरुसँगै घरमा आमाको बाटो कुर्दै बसेका छन् । तर पाँच दिनदेखि आमा घर नफर्किंदा छोरा सुभम विचल्लीमा परेका छन् ।

“गीता घरमा नआएपछि चारैतर्फ फोन सम्पर्क गरी बुझ्यौं, खोज्यौं तर कतै पत्तो लागेन,” ससुरा भोजराज सापकोटाले भन्नुभयो – “माइतीपक्षले बसमै चढाएर फर्केको भन्छन् । एक घण्टा बसको बाटो तर गीता कता हराइन् अहिलेसम्म कुनै सुराक फेला परेको छैन । बुहारीको कहीं कतै पत्ता लागेमा मोबाइल नम्बर ९८४७२९५७५५, ९८४७३२५६५७ मा सम्पर्क गर्न वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नुहोला” ससुरा भोजराजले सबैमा अनुरोध गर्नुभएको छ । गीताकी श्रीमान् विष्णु सापकोटा भने रोजगारीको सिलसिलामा अहिले विदेशमा हुनुहुन्छ ।

साभार: दैनिक नेपाल

The post मामाघर गएकी आमा घर नफर्केपछि ४ वर्षे छोरा आमाको बाटो कुर्दै, बाबा विदेशमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ySpu9M
via IFTTT

0 comments:

Post a Comment

add

 
Top