Photo of Milford Sound in New Zealand

काठमाडौं – सुपरस्टार नायक भुवन केसीको निर्माण तथा अनमोल केसी अभिनित चलचित्र ‘कृ’को छायाँकन फेरि सुरु भएको छ । पटक पटक रोकिदै आएको चलचित्रको छायाँकन अहिले राजधानीमा सुरु गरिएको हो ।

राजधानीको बिभिन्न सडकमा मध्यराती चलचित्रको लागि द्धन्द्धका दृश्यहरु छायाँकन भइरहेको छ । जसको जानकारी चलचित्रका द्धन्द्ध निर्देशक चन्द्र पन्तले सामाजिक संजाल फेसबुकबाट सार्वजनिक गरेका हुन् ।

पन्तले चलचित्रमा अनमोलले दिदै गरेको दृश्य सहितका केही तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरमा अनमोलले एक्सन अभिनय गरिरहेको लुक समेत देख्न सकिन्छ ।

अनमोलसँगै अदिति बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, अमित गिरी, लक्ष्मी गिरी, सुदाम सिके लगायतका कलाकारहरुको अभिनय चलचित्रमा रहने छ ।

सुवास गिरि र भुवन केसीले मिलेर निर्माण गरिरहेको चलचित्र पुरुषोत्तम प्रधानले छायाँकन गरिरहेका छन् । सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्रको निर्माण समयमा रिलिज मिति समेत घोषणा गरिएको थियो । तर समयमा छायाँकन नसकिदा पटक पटक रिलिज मिति सर्दै आएको छ । सुवास इन्टरटेन्मेन्ट र सुपर काजोल फिल्मसको एशोसियशनमा बनिरहेको ‘कृका सहनिर्माता श्री पराजुली हुन् ।

-रातोपाटी

The post मध्यराति राजधानीको सडकमा यस्तो अवस्थामा भेटीए अनमोल केसी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xxF9JZ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top