Photo of Milford Sound in New Zealand

काठमाडौं । धादिङको गजुरी–५ बांगेमोडमा दुर्घटनामा परेको यात्रुबाहक बसका सबै ३१ जना मृतकलाई नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले बसभित्रबाटै निकाल्न सफल भएको बुझिन आएको छ ।

सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन केन्द्र कुरिनटारको टोली र नेपाली सेनाको टोली आवश्यक सामाग्रीका साथ उद्धारका लागि त्रिशूली नदीभित्र छिरेको थियो । सो क्रममा गोताखोर टोलीले १८ फिट मुनीबाट बसभित्र रहेका शव निकाल्न सफल भएको थियो ।

यद्यपि, शव निकाल्न भने उद्धार टोलीलाई साँझसम्मै लागेको थियो । दुर्घटनामा परेको शवलाई साँझपख मात्रै बाहिर निकालिएको थियो ।

उद्धारका लागि परिचालित एक जना गोताखोरले भने, ‘हामीले आवश्यक सामाग्रीका साथ १८ फिट मुनी गएर एक एक गर्दै बसभित्र रहेका ३१ जनाको शव निकाल्न सक्यौं । पानीमुनी कोही परेको भए हामीलाई थाहा भएन, हामीले पानीभित्र कोही छ कि भनेर खोजेको पनि हौं, तर फेला परेन ।’

आज विहान सबेरैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुनः उद्धारका लागि परिचालन भएको छ । टोलीले पानीभित्र अन्य पनि शव हुनसक्ने आशंकामा खोजी कार्य अघि बढाइरहेको छ ।

The post सशस्त्रका यी साहसी उद्धारकहरुले यसरी निकाले त्रिशूलीबाट ३१ ओटा शव appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xxcNiZ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top