Photo of Milford Sound in New Zealand

कात्तिक १७ गतेबाट नायिका प्रियंका कार्की अभिनित फिल्म ‘फाटेको जुत्ता’ प्रदर्शनमा आउँदैछ । प्रियंका र सौगात मल्लको फिल्ममा मुख्य भूमिका छ । तर, फिल्म प्रदर्शनमा आउन एक हप्ता पनि बाँकी नरहँदा प्रियंका भने नेपालमा छैनन् । फिल्मकी प्रमुख पात्र नै प्रचार-प्रसार छाडेर वेपत्ता हुँदा यतिबेला ‘फाटेको जुत्ता’ यूनिट तनाबमा देखिएको छ ।

आखिर कता गइन् त प्रियंका ? केहीदिन अगाडि दाँत दुखेको कारण देखाउँदै एकैदिन विहान ‘शत्रुगते’को मुहर्त समारोहमा उपस्थित नभएकी प्रियंका दिउँसो भने केकी अधिकारीको फिल्म ‘कोहलपुर एक्सप्रेस’को घोषणा सभामा सहभागी भएकी थिइन् ।

प्राप्त जानकारी अनुसार, प्रियंका ‘शत्रुगते’को छायांकनका लागि विरगञ्ज जाने भन्दै भारतमा रहेका प्रेमी आयुष्मान देशराज श्रेष्ठसँग भेट गर्न भारत प्रस्थान गरेकी छन् ।

प्रियंकाले आफ्नो प्रेमीसँगका केही तश्वीर इन्ट्राग्राममा पनि शेयर गरेकी छिन् । एकतिर फिल्म ‘शत्रुगते’को छायांकन अनि अर्कोतिर ‘फाटेको जुत्ता’को प्रमोशन, प्रियंकालाई यतिबेला दौडधुप हुनु पर्ने हो तर उनी व्वाइफ्रेण्डसँग भारतमा मस्ती गरिरहेकी छिन् । कलाकारले फिल्मको प्रचारमा वेवास्ता गर्दा यसको स्वयंम घाटा कलाकारलाई नै हुन्छ ।

कति निर्माता तथा निर्देशकको त कलाकारसँग यहि बिषयमा झगडा समेत हुँदै आएको देख्न र सुन्न पाईन्छ । कुनै पनि किसिमको उदघाटनमा रिबन काट्न र प्रेम-प्रेमिकासँग मस्ती गर्न फुर्सद पाउने कलाकारले आफ्नै फिल्मको प्रचारमा हिँड्न किन हिचकिचाउँछन् ? के फिल्मको प्रचारमा साथ दिनु कलाकारको धर्म होइन र ?

The post प्रमोशन छाडेर व्वाइफ्रेण्ड खोज्न भारतमा प्रियंका कार्की appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ien79j
via IFTTT

0 comments:

Post a Comment

add

 
Top