Photo of Milford Sound in New Zealand

काठमाडौं, ९ कात्तिक — युक्रेनका अर्बपति व्यापारीकी छोरीले पाँचजनालाई गाडीले कुल्चिएर मारेको घटनामा बुधवार अदालतले हिरासतमा राख्ने आदेश दिएको छ ।

उनलाई दुई महिनासम्म डिटेन्सन सेन्टरमा राख्ने आदेश अदालतले दिएको हो । यस अवधिमा उनीविरुद्ध अनुसन्धान हुनेछ र दोषी भेटिएमा १० वर्षको कारावास सजाय हुनेछ ।

बीस वर्षीया अल्योना ज्यातसेवाले अघिल्लो हप्ता बाटो काटिरहेका ११ मानिसमाथि आफ्नो लेक्सस गाडी गुडाएकी थिइन् ।

घटनामा तीनजनाको तत्कालै मृत्यु भयो भने दुईजना चाहिँ अस्पतालमा बिते । अन्य ६ घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।

न्यायाधीशले फैसला सुनाएपछि अल्योना अदालतमा घ्वाँघ्वाँ गरी लामो समय रोइरहिन् ।

अर्बपति पिता भने पीडित परिवारसँग माफी मागिरहेका थिए ।

युक्रेनको खारकिभ शहरमा बस्ने अल्योना अघिल्लो हप्ताको सोमवार विलासी गाडीमा घुम्दै थिइन् । उनको गाडीको स्पीड धेरै थियो र भीडभाड भएको क्षेत्रमा पुग्दा पनि उनले स्पीड घटाइनन् ।

यसै क्रममा अल्योनाले जेब्रा क्रसिङबाट बाटो काटिरहेका ११ मानिसलाई कुल्चिन पुगिन् । त्यसपछि कार एउटा भवनको पर्खालमा ठोकिएको थियो ।

तीनजना मानिस घटनास्थलमै मरे अनि अल्योनालाई हल्का चोटपटक लाग्यो ।

प्रहरीले अल्योनाविरुद्ध मुद्दा दर्ता गरेर उनलाई पक्रियो । तर उनका पिताले भोलिपल्टै जमानतमा उनलाई रिहा गराए ।

अल्योनाका अर्बपति पिता भ्यासिली ज्यातसेव युक्रेनको प्रसिद्ध ऊर्जा कम्पनीका मालिक हुन् । उनले पीडितहरूको परिवारसँग निरन्तर कुरा गरेर छोरीलाई माफी दिनका लागि गुहार लगाइरहेका छन् ।

एजेन्सी

The post अदालतमा घ्वाँघ्वाँ रोइन् अर्बपतिकी छोरी, गाडीले कुल्चेर मारेकी थिइन् पाँचजनालाई appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2i6vp2H
via IFTTT

0 comments:

Post a Comment

add

 
Top