Photo of Milford Sound in New Zealand

सुर्खेत – वर्षौपछि आँगनमै जहाज (चिलगाडी) अवतरण हुँदा कालिकोटको कोटवाडाका स्थानीयमा खुसीको सीमा थिएन । कोटवाडास्थित सुनथराली विमानस्थलमा जहाज हेर्न गाउँलेको लर्को नै लागेको थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

अघिल्लो वर्षको माघ २९ गते कोटवाडामा पहिलोपटक जहाज अवतरण गर्दा स्थानीयले अविरजात्रा नै गरे । नजिकबाट जहाज नदेखेका उनीहरूले आँगनबाटै चिलगाडी चढ्न पाइने सपना पनि बुने । परीक्षण उडानमा जहाज अवतरण भएको नौ महिना बिते पनि कोटवाडामा फेरि जहाज अवतरण नहुँदा स्थानीय निरास बनेका छन् ।

करिब ३१ वर्ष लगाएर निर्माण गरिएको उक्त विमानस्थलमा गत वर्षको माघमा परीक्षण उडान गरिएको थियो । तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पहलमा तारा एयरको जहाज सफल अवतरण भएको थियो । परीक्षण उडान सफल भएपछि कोटवाडामा नियमित उडानको घोषणा पनि भयो । परीक्षण उडानले हर्षित स्थानीयले त्यसपछि भने आँगनमा जहाज देख्न पाएनन् ।

चिहानमाथि खुसीको पर्खाइ
१६ वर्षअघि विमानस्थल निर्माणमा खटिएका ३६ मजदुरको एउटै चिहान भएको थियो । विमानस्थल निर्माणमा खटिएका कामदारमाथि माओवादीको आरोपमा सेनाले आक्रमण गरेको थियो । सोही क्रममा ३६ जना मजदुरले ज्यान गुमाएका थिए ।

उनीहरू मारिएकै स्थानमा विमानस्थल निर्माण भएको छ। ०५८ साल फागुन १५ गतेको त्यो पीडालाई स्थानीयले अहिले पनि भुल्न सकेका छैनन् । चिहानमाथि गत वर्ष जहाज अवतरण गर्दा स्थानीयको पीडा भने केही हल्का भएको थियो ।

सेनाले मजदुरको हत्या गरेपछि उनीहरूको शव विमानस्थलको छेउमा एउटै खाल्डोमा पुरिएको थियो । स्थानीय बासिन्दा त्यही चिहानमाथिको विमानस्थलमा नियमित जहाज अवतरणको पर्खाइमा छन् ।

The post विमानस्थल निर्माणमा खटिएका ३६ मजदुरको एउटै चिहान appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yX80ZL
via IFTTT

0 comments:

Post a Comment

add

 
Top