कात्तिक १० – भारतको ओडिशाका दुई बालकको टाउको जोडिएको थियो । दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान अर्थात एम्सका ४० जना डाक्टरको टिमले १६ घण्टा लामो असरेसनपश्चात टाउको जोडिएका जुम्ल्याहा बालक जग्गा र कलियालाई सफलतापूर्वक अलग गरेको छ ।
म्याराथन सर्जरी
एम्सले दिएको जानकारीअनुसार यो अपरेसन अक्टोबर २५ को बिहान ६ बजेदेखि सुरु भएको थियो । अपरेसन टोलीमा २० जना सर्जन, १० जना एनिस्थिसिया विशेषज्ञ को टोली थियो । सर्जरीको लागि १६ घण्टा लागेको थियो भने एनिस्थिसियामा २० घण्टा लागेको थियो । बुधबारी राति पौने नौ बजे दुई बालकको टाउको अलग गर्न चिकित्सकको टोली सफल भएको थियो ।
अपरेसन गर्ने चिकित्सकको टोलीका न्यूरो सर्जन डाक्टर दीपक गुप्ताले बिबिसीसँग भनेका छन्, ‘बालकहरुलाई अलग गर्नका लागि हामीले कैयौं चरणमा अपरेसन गर्यौँ । दुबै बालकको मस्तिष्क एक अर्कासँग जोडिएको थियो । साथै उनीहरुको नसा पनि एक अर्कासँग जोडिएको थियो ।’ डाक्टर गुप्ताले भने, ‘कमन सर्कुलेसन अर्थात संयुक्त रक्त संचारणका कारण एउटा बालकबाट अर्को बालकमा तरल पदार्थ गैरहेको थियो । त्यसैले छुट्टै रक्त संचारणको व्यवस्था पनि गर्नु पर्यो । अपरेसनको समयमा एउटा बालकको हार्ट फेल हुने स्थितिमा पुगेका थिए भने अर्का बालकको मृगौलामा असर देखिएको थियो ।’
टाउकोसँगै मस्तिष्क पनि जोडिएका बालकलाई अलग गर्न विशेष तरिका अपनाइएको थियो । जसरी मुटुको बाइपास सर्जरी हुन्छ, त्यसरी नै यी बालकको पनि ब्रेनको बाइपास सर्जरी गरिएको डाक्टर गुप्ताले जानकारी दिए ।
दुई वर्ष चार महिनाका जुम्ल्याहा बालकका बुवा भुइया कहरा र पुष्पाञ्जली कहरा हुन् । उनीहरुले उपचारका लागि धेरै ठाउँ धाए । उनीहरु अपरेसन सफल हुने हो कि होइन भनेर सुरुमा निकै चिन्तित भए पनि अहिले खुशी छन् ।ujyaaloonline
The post ४० डाक्टर, १६ घण्टासम्म अपरेसन, त्यसपछि अलग भए टाउको जोडिएका बच्चा appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2yRYV4w
via IFTTT


0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.