Photo of Milford Sound in New Zealand

काठमाडौं । कुनै बेलाकी सर्वाधिक अभिनेत्री हुन् जल शाह । वैबाहिक बन्धनमा बाँधिए लगत्तै अमेरिका पलायन भएकी जल त्यसपछि चलचित्रमा फर्किनन् । तर पनि उनले आफ्ना फयानहरूका लागि सामाजिक सञ्जालमार्फत आफ्ना गतिविधि अपडेट गराइरहेकी हुन्छिन् ।

नायिका जल शाहले आफ्नी छोरी कलशको तस्विर फेसबुकमा शेयर गर्दै भनिन् ‘तपाईंहरूको रिक्वेस्टलाई स्विकार्दै पहिलो पटक मेरी छोरीको तस्बिर सेयर गर्दै छु, साथै आशीर्वाद मिलोस् । जल वर्षाका थोपाथोपा नदीको कलरव ध्वनि, गति र सागरको विशालता कलशमा समाहित । जलको कलश ।’ जलको छोरीको नाम कलश हो ।

केही महिनाअघिको आफ्नो फेसबुक पेजमा छोरीको फोटो अपलोड गरेकी थिइन्, जसमा उनले आफ्नो स्टाटसमा ‘कलश’ को शाब्दिक अर्थसमेत खुलाएर लेखेकी छन् । परम्परागत पहिरन लगाएकी छोरीको यो तस्बिरमा हजारौंले लाइक गरेका छन् ।

जल शाहका श्रीमान पनि व्यवसायि नै हुन् । अमेरिकामा बसोबास गर्दै आएका सरदकुमार रिजालसँग विवाह गरेपछि जल अमेरिकामै बस्दै आएकी छिन् । लामो समय सिनेमा र मिडियाबाट टाढा भएकी जल पछिल्लो समय भने सार्वजनिक कार्यक्रमहरुमा पनि देखा पर्न थालेकी छिन् । जल अमेरिकामै च्यारिटी शोहरु पनि गर्छिन् । सिनेमा ‘अवतार’बाट डेब्यु गरेकी जलले त्यसपछि, ठूल्दाई, नेपाली बाबु, बादलपारी लगायतका सिनेमामा काम गरेकी छिन् ।

The post अमेरिकामा रहेकी नायिका जल शाहले छोरी कलशको तस्विर फेसबुकमा शेयर गर्दै आशीर्वाद मागेपछि appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yZpNls
via IFTTT

0 comments:

Post a Comment

add

 
Top