Photo of Milford Sound in New Zealand

बिर्तामोड, कात्तिक ११ । बिर्तामोडमा शुक्रबार भएको गोलीकाण्डमा मृत्यु भएका आन्दोलनकारी अर्जुनधारा ११ का नरेश थापाको परिवारलाई सरकारले राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय भएको छ । एक बालकको रहस्यमय मृत्युको विषयमा भएको प्रदर्शनमा प्रदर्शनकारीको मृत्यु भएपछि उत्पन्न तनाव पनि साम्य भएको छ ।

शनिबार इलाका प्रहरी कार्यालय अनारमनीमा बसेको राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी र पीडित परिवारबीचको बैठकले यस्तो निर्णय गरेको हो । बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईंले दिएको जानकारीअनुसार किरिया खर्च स्वरुप नगरपालिका र जिल्ला समन्वय समितिले २५/२५ हजार रुपैयाँ दिने समेत निर्णय भएको छ । साथै, उनकी श्रीमतीलाई अर्जुनधारा नगरपालिकामा जागिर लगाइदिने, मृतक परिवारको सन्तानलाई अध्ययनका लागि नगरपालिकाले खर्च व्यहोर्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार बालक मृत्युको घटनामा छानबिन गरेर दोषीलाई अदालतमा मुद्दा दर्ता गर्ने र कारबाही अगाडि बढाउने, इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी राजकुमार सिलवाललाई कारबाहीको सिफारिस गर्ने र क्षति भएको सार्वजनिक सम्पत्तिको तथ्यांक संकलन गरेर क्षतिपूर्ति दिनेसमेत सहमति भएको छ ।

बैठकले अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्याको विषयमा पीडित परिवारको मागअनुसार पुन: दुई दिन थप अनुसन्धान गर्ने निर्णय गरेको छ । शुक्रबारको घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट जिल्ला तानिएका डिएसपी राजकुमार सिलवालले घटनाको विषयमा प्रहरीले अनुसन्धान सकेर शुक्रबार अदालतमा पठाइसकेको बताए । उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्र बस्नेतलाई बिर्तामोड प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।

The post विर्तामोड गाेलीकाण्ड : बिहे गरेकाे दुई वर्षमै पुछियाे सिउँदाे appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iebGyd
via IFTTT

0 comments:

Post a Comment

add

 
Top