Photo of Milford Sound in New Zealand

काठमाडौं : हात्तीको पुच्छरको रौं प्रयोग गरी बनाइएको गहना लगाएको भेटिए तत्काल पक्राउ गरी कारबाही गरिने भएको छ । राष्ट्रिय वन्यजन्तु अपराध नियन्त्रण समन्वय समितिको आइतबार बसेको बैठकले चोरीसिकार नियन्त्रण गर्न यस्तो निर्णय गरेको हो ।

वनमन्त्री विक्रम पाण्डेको अध्यक्षतामा बसेको बैठकले वन्यजन्तुको चोरीसिकार नियन्त्रण र निराकरण गर्न कडाइ गर्नेसमेत निर्णय गरेको छ । हात्तीको पुच्छरको रौंमा सुन र चाँदी प्रयोग गरी हातमा बाला लगाउने चलन छ ।
समितिले सक्कली वा नक्कली जुनसुकै बाला लगाएको पाइए तत्काल कारबाही गर्ने निर्णय गरेको हो । बैठकले वन्यजन्तुको अंग प्रयोग गरी गहना नलगाउन सबैलाई सचेत गराउने निर्णय गरेको छ । विभिन्न देशबाट जीवित संरक्षित वन्यजन्तु नेपाल भित्रिने क्रम बढेको भन्दै मन्त्री पाण्डेले यसको नियन्त्रणमा कडाइ गर्न सुरक्षा निकायलाई निर्देशनसमेत दिएका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को दण्डसजाय महलअन्तर्गत ५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना र ५ देखि १५ वर्षसम्म कैद सजाय हुनेछ । चोरीसिकार नियन्त्रण गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३०, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियमन तथा नियन्त्रण गर्न बनेको ऐनअन्तर्गत कारबाही हुनेछ ।

संरक्षित वन्यजन्तुको तस्करी नियन्त्रण नगरे संरक्षणमा नेपालले कमाएको छवि गुम्ने भन्दै सतर्क भएर नियन्त्रण गर्न सबैलाई निर्देशन दिने समितिले निर्णय गरेको छ । बैठकमा चारै वटा सुरक्षा निकायका प्रमुख, गृह, कानुन, वन र अर्थ मन्त्रालयका सचिव, वन्यजन्तु विज्ञसमेत उपस्थित थिए । वन्यजन्तु संरक्षणमा नेपालले विश्वमै इज्जत कमाउँदै आएको छ भने वन विकास र संरक्षणमा अपनाइएको सामुदायिक सहभागितालाई थप प्रोत्साहन दिने भएको छ । नाइजेरियादेखि भारत हुँदै नेपालमा चिम्पान्जीलगायत विभिन्न संरक्षित वन्यजन्तु भित्रिने गरेको पाइएको छ ।

संरक्षणमा कमाएको इज्जत कायम राख्न सञ्चारमाध्यम, सरोकारवाला निकाय सबैसँग सकारात्मक भूमिका निर्वाह गर्नसमेत समितिले अनुरोध गरेको छ । सबैले अघि बढेर सक्रियतापूर्वक काम गर्नुको विकल्प नभएको भन्दै चोरीसिकारको कडाइसाथ नियन्त्रणको तयारीमा जुटेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले बताए । चोरीसिकार र तस्करी नियन्त्रण गर्न जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम ल्याउने र सञ्चारमाध्यमलाई समेत सकारात्मक सन्देश प्रवाह गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।everydaykhabar

The post हात्तीको पुच्छरको गहना लगाए ठाउँकोठाउँ कारवाही appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ihNkn8
via IFTTT

0 comments:

Post a Comment

add

 
Top