Photo of Milford Sound in New Zealand

थाइल्याण्डका राजा अदुल्यादेज भूमिबोलको अन्तिम संकार गरिएको छ । अदुल्यदेजको गत बर्षको १३ अक्टोबरमा निधन भएको थियो । उनको अन्तिम संकारका लागि १ बर्ष देखि तयारी चलिरहेको थियो ।

भूमिबोल १९५० मा थाल्याण्डका राजा बनेका थिए । राजाको अन्तिम संस्कार पाँच दिन लगाएर गरिएको छ । उनको अन्तिम संस्कार राजधानी बैंककमा भएको छ । थाइल्याण्डका जनताले उनलाई पिताकारुपमा मान्ने गरेका थिए । उनको निधन भएपछि पुरै थाइल्याण्ड शोकमा डुबेको थियो । अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार उनको अन्तिम संकारका लागि ९ अर्ब खर्च गरिएको छ ।

भगवान रामका वंशज मानिने भूमिबोलको निधन पछि एक बर्षको राष्ट्रिय शोक घोषणा गरिएको थियो । उनको निधन भएको १ बर्ष पछि बौद्ध परम्परा अनुसार अन्तिम संकार गरिएको छ । उनको अन्तिम सवारी सुनको रथमा निकालिएको थियो । राजाको सम्मानमा ५०० प्रतिमा निर्माण गरिएको थियो । उनलाई संवैधानिकरुपमा राजा बनाइएको थियो । उनीसँग सिमित शक्ति थियो । थाइल्याण्डमा उनलाई मानिसले भगवानकारुपमा मान्ने गरेका थिए ।

उनको जन्म ५ डिसेम्बर १९२७ मा भएको थियो । उनका पिता माहिडोल अदुन्यदेत पनि राजा थिए । राजाको अन्तिम संकारका लागि १८५ फिट अग्लो श्मशान बनाइएको थियो ।

यो अहिलेसम्मकै महंगो अन्तिम संस्कार समेत हो । भूमिबोलले करिब सात दशक थाइल्याण्डको राजगद्धी सम्हाले । उनी सय बर्ष पुरानो चकरी राजवंशका नवौं राजा थिए । उनी संसारको सबैभन्दा लामो समयसम्म राज गर्ने राजाकारुपमा मानिन्छन् । ७० बर्षमा उनले १२ प्रधानमन्त्री फेरेका थिए । एजेन्सी

The post राजाको अन्तिम संस्कार गर्न ९ अर्ब खर्च appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xBGzD9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top