Photo of Milford Sound in New Zealand

र्मिमिरे उज्यालो हुँदै थियो, भारत विहारका गौरीशंकर शर्मा कहिले निदाउँदै कहिले अगाडि हेर्दै त कहिले गीत सुन्दै थिए। बस तीब्र गतिमा थियो एक्कासी आफू चढेको बस नदिमा खस्यो। वरपर गुहार मागे, कसैले सुनेनन्। बिस्तारै पानीबाट पौडिएर नदिमा किनारामा आए । उनी भन्छन् – निद्रामा थिएँ, व्युँझिदा पानीमा रहेछु । सँगै रहेका आफन्तजन खोजे भेटिन, एक्लै रोइकराई गरे। एकछिनपछि प्रहरीहरु आएर उद्दार गरे । उनीसँगै १६ जनालाई प्रहरीले उद्दार गरी अस्पतालमा लगे।

शनिबार बिहान धादिङको गजुरी गाउँपलिका वडा नं ५ बांगेमोडस्थित त्रिशुली नदिमा खस्दा गौरीशंकर पानीमा पौडिएर बाँचे । घाईते भएर अस्पतालमा उपचार गराइरहेका उनी आफन्त सम्झदै भक्कानिन्छन्। उनीसँगै एकै बसमा रहेका हजुरआमा (मामाघरको), उनका मामा, मामाको एक छोराको मृत्यु भयो। अर्कोलाई आफैले बचाँए ।

The post दुर्घटनामा परेर बाचेका शर्माले भने:- ‘आँखा खुल्दा डुबिसकेछु पौडिएर बाँचे’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xwjhi8
via IFTTT

0 comments:

Post a Comment

add

 
Top