Photo of Milford Sound in New Zealand

विराटनगर, कार्तिक १२
कात्तिक ९ गते छठ पर्वको दिनबाट देशभर प्रदर्शनमा आएको फिल्म ‘ऐश्वर्य’ले यतिबेला बक्स अफिसमा आक्रामक कलेक्सन गर्न सफल भएको छ । गीत र ट्रेलरको कारणले गर्दा पनि फिल्मलाई दर्शकको कमी भएको छैन । वितरक कम्पनी डिसिएनले बताए अनुसार फिल्म प्रदर्शनको तीन दिनमा एक करोड ग्रस कलेक्सन गर्न सफल भएको छ ।

प्रदर्शनको दिनदेखि फिल्मका कलाकारहरु हल-हलमा पुगेर दर्शकसँग बसेर फिल्म हेरिरहेका छन् । फिल्म हेरिसकेका दर्शकले भिलेन प्रशान्त ताम्राकार, नव-नायिका दीपिका प्रसाई र नायिका केकी अधिकारीको निकै तारिफ गरेका छन् । राजधानीका धेरै जसो सबै हलहरुमा दर्शकले फिल्मलाई निकै साथ दिएको देखिन्छ ।

शनिवार पनि फिल्मका नायक रमेश उप्रेती, नव-नायिका दीपिका प्रसाई र खलनायक प्रशान्त ताम्राकार राजधानीका विभिन्न हलमा पुगेर दर्शकसँग सेल्फी पनि खिचेका थिए । रमेशले पहिलो पटक ‘ऐश्वर्य’मार्फत फिल्म निर्माणमा डेब्यू गरेका हुन् ।दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा केकी, रमेश, प्रशान्त र दीपिकासंगै बिकाश खतिवडा, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, केशव भट्टराई ,अर्जुन जंग शाही लगायत कलाकारको अभिनय रहेको छ ।

The post तीन दिनमा करोड कलेक्सन गर्न सफल ‘ऐश्वर्य’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2icPoNv
via IFTTT

0 comments:

Post a Comment

add

 
Top