Photo of Milford Sound in New Zealand

पर्वत । मंगलबार बिहान हर्पन खोलमा भेटिएका लाशको खोजी गर्ने क्रममा पानीमा डुबेर मृत्यू भएका पर्वत ठूलीपोखरी घर भई कास्कीमा कार्यरत बल बहादुर कुँवरको प्रहरी सम्मानका साथ अन्त्येष्टी गरिएको छ । पर्वतको कुस्मा स्थित मोदीबेणी घाटमा उनको अत्येष्टी गरिएको हो ।

अन्येष्टीका क्रममा प्रहरीले अन्तिम शोक सलामी सहित सम्मान गरेको थियो । शोक सलामीका लागि अञ्चल प्रहरी कार्यालय बाग्लुङ्गका प्रहरी बरिष्ठ उपरिक्षक विक्रम गुरुङ्ग, पर्वतका प्रहरी नायव उपरिक्षक शेखर खनाल, प्रहरी निरिक्षक लिलाराज लामिछानेको उपस्थितिमा एक टुकडीले अन्तिम सलामी दिएको थियो ।

मृतक कुँवरलाई उनका बाबु ओम बहादुर कुँवरले दागबत्ती दिएका थिए । कुँवरका १ छोरा, श्रीमती सहित बाबु, आमा, २ जना दाजुभाई र ४ दिदी बहिनी रहेका छन् । सामान्य परिवारमा जन्मिएका उनी आफ्नो कर्तव्यपालनामा अब्बल मानिएका थिए ।

मृतक कुँवरले नेपाल प्रहरीको पोखरा स्थित विपद् उद्धार टोलीमा रहेर धेरै जनाको ज्यान बचाएको तथा उद्दारमा दिलो ज्यान दिएर आँफूलाई अब्बल साबित गरेका थिए । उनले फेवातालमा डुबेका धेरै जनालाई जीवितै उद्धार गरेका थिए विभिन्न विपदका घटनामा वेपत्ता बनेकाहरुलाई जीवित तथा मृत उद्धार गरेका थिए । २६ वर्षिय कुँवर २०६६ सालबाट नेपाल प्रहरीमा कार्यरत रहेका थिए ।

कसरी भयो घटना
पोखरा लेखनाथ महानगरपालिका–१८ चखंपुरस्थित हर्पन खोलाले सोमबार नदीपुर बस्ने २४ बर्षीय ललित पुन र २४ बर्षीय ईन्द्र पुनलाई बगाएको खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा खोलाको दहमा डुबेर कुँवरको मृत्यू भएको प्रहरीले जनाएको छ ।

कास्कीको हर्पन खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यू भएका दुईजनाको लाश खोजी गर्ने क्रममा प्रहरीले सोमबारदेखि प्रयास गरिरहेको थियो । प्रहरी जवान कुँवरले मंगलबार बिहान अथक प्रयासपछि एक जनको लाश निकाल्न सफल भए सोही लाश भएको ठाउँमा अर्को लाश पनि हुनसक्ने भन्दै कुँवरले धेरैपटक खोज्ने प्रयाश गरेका थिए ।

उद्धारका लागि गएका टोली कमान्डरले बिना कुनै तयारी खोलामा पस्न निर्देशन दिएपछि उनी खोलामा हाम फाले सामान्य अवस्था जस्तै उनले खोलमा हामफालेपछि उनी पनि वेपत्ता बने । सेफ्टी कुनै साधन प्रयोग गरेका भए उनको यस्तो अवस्था नआउने सहकर्मीहरुको भनाई छ ।

खोलामा तथा तालमा ६ मिनेटसम्म डुबेर खोज्न सक्ने उनी करिब १५ मिनेटसम्म बाहिर नआएपछि स्थानीयवासीले १ जना प्रहरी बेपत्ता भएको जानकारी दिएपछि मात्रै उनको खोजी भयो । उनको उद्धार समेत समायमा नहुँदा मृत्यू भएको प्रत्यक्षदर्शीको भनाइ छ । खोलामा पसेपछि उनी पनि हिलामो गाडीएर मुख नाकमा लेदो भरिएपछि मृत्यू भएको बताईएको छ । घटनमा प्रहरी कमजोरी भएको र प्रहरीले आफ्नै साथीको समेत उद्धार गर्न नसकेको परिवारको आरोप छ ।

नेपाल प्रहरीमा रहेर कर्तव्य पालनका शिलसिलमा धेरैको ज्यान बचाउन सफल भएका कुँवरको अरुको लाश खोज्ने क्रममा आफ्नो जीवन समाप्त भयो । कर्तव्य पालनमा भएको मृत्यूले ठूलीपोखरी गाउँ तथा पर्वत जिल्ला नै शोकमग्न बनेको छ । मृतक कुँवरको चिरशान्तिको कामना सहित सुचनाकेन्द्र डट कमको तर्फबाट समेत भावपूर्ण श्रद्धाञ्जली । गणेश पौडेल source:suchanakendra

The post एउटा बहादुर सिपाहीको अन्येष्टी : जसले अरुको लाश खोज्दा आफ्नो जीवन गुमाए appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xB3NJE
via IFTTT

0 comments:

Post a Comment

add

 
Top