Photo of Milford Sound in New Zealand

धादिङको गजुरीस्थित त्रिशूली नदीमा यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु भएकाहरुको आज साँझ सामूहिकरुपमा अन्त्येष्टि गरिएको छ । दुर्घटनामा मृत्यु भएका सप्तरीका २४ जनामध्ये नौजनाको सप्तकोशीस्थित कोशी ब्यारेजमा सामूहिक अन्त्येष्टि गरिएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

अन्य १५ जनाको राजविराज, देउरी भरुवा, मानराजा, बोदे वरसाइन, शम्भुनाथ, कृष्णाशवरण गाउँपालिकालगायत मृतकको आ–आफ्नै गाउँमा अन्त्यसष्टि गरिएको छ । दुर्घटनामा मृत्यु भएका दुईजना अझै बेपत्ता छन् । राजविराजबाट काठमाडौँ गइरहेको ना६ख १४६७ नंको यात्रुबाहक बस शनिबार बिहान त्रिशूली नदीमा खसेर दुर्घटना भएको थियो ।

यस्तै, ज्यान गुमाएकाको स्मरण गर्दै राजविराजमा मैनबत्ती प्रज्वलन गर्दै हिजो साँझ श्रद्वाञ्जलि व्यक्त गरिएको थियो । सप्तरी युथ नेपालको अगुवाइमा स्थानीय गजेन्द्र चोक र दर्शन चोकमा मैनबत्ती प्रज्वलन गरी मौनधारण गरिएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे, राजविराज नगरपालिका प्रमुख शम्भु यादव, उपप्रमुख साधना झा, प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, तिलाठी–कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधान, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दाससहित विभिन्न कार्यालयका प्रमुख, उद्योगी, व्यापारी, सर्वसाधारणको सहभागिता रहेको थियो ।

दुर्घटनामा मृत्यु भएकाहरुप्रति विभिन्न संघसंस्थाले दुःख व्यक्त गरेका छन् ।

The post हृदयविदारक क्षण : धादिङ बस दुर्घटनामा ज्यान गुमाएका नौ जनाको सामूहिक रुपमा अन्त्येष्टि appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ihYtV4
via IFTTT

0 comments:

Post a Comment

add

 
Top