Photo of Milford Sound in New Zealand

लागुपदार्थको सेवन र ओसारपसारले हरेक देशको टाउको दुखाइको विषय बनेको छ । यसको नियन्त्रण गर्नको लागि हरेक देशमा कडा कानुन समेत बनाइएको छ ।

लागुपदार्थको उत्पादन, तस्करी, बिक्रि वितरण र सेवन रोक्नको लागि कडा कानुन बनाइ पनि यस्ता आपराधिक घटनाहरु भने कम हुन सकेका छैनन् ।

आउनुहोस् हेरौ विश्वको सबैभन्दा कडा कानुन भएका देशहरु

१०. जापान जापानको कानुनलाई धेरै कडा मानिन्छ । यहाँको ड्रग सम्बन्धि कानुन त झनै कडा रहेको छ । यहाँ ६८ किसिमका ड्रगहरुको उत्पादन र बिक्रि वितरणमा प्रतिबन्ध लगाइएको छ ।

९. स्विडेन

स्विडेनले पहिले ‘मेथाफेटामाइन’ डाक्टरको सिफारिसमा प्रयोग गर्न दिन्थ्यो तर, त्यसको दुरुपयोग भएपछि उक्त ड्रगलाइ अवैध घोषणा गरिएको थियो । अहिले त्यसको सेवन गर्ने र तस्करी गर्नेहरुलाई कडा सजाय दिने कडा कानुन ल्याएको छ ।

८. भियतनाम

भियतनामको लागुपदार्थ दुव्र्यसनीहरुलाई कारबाहि गर्ने अलग्गै तरिका छ । यो देशमा दुव्र्यसनीहरुलाई सरकारले सञ्चालन गरेको पुर्नस्थापना केन्द्रमा पठाइन्छ जहाँ उनीहरुलाई उपचारको साटो कडा अनुशासनमा र शारिरिक यातना दिइन्छ तथा निशुल्क श्रम गर्न लगाइन्छ ।

७. युनाईटेड अरब इमिरेट्स

लागुपदार्थको सेवन गर्नेहरुलाई कडा कारवाहि गर्ने देशको रुपमा युएईलाई पनि चिनिन्छ । युएईको कानुन अनुसार अवैध मानिएको डगहरुको कारोवार गर्ने, सेवन गर्ने र तस्करी गर्नेलाई कडा सजाँय दिइन्छ ।

६. चीन

वर्षमा करिब ५०० जनालाई मृत्युदण्ड दिने चिनले लागुपदार्थको सेवन र कारोबार गर्नेलाई समेत कडा कारवाहि गर्छ । लागुपर्दाथको बिक्रि वितरण, उत्पादन गर्नेलाई आजिवन कारावासको साथै मृत्युदण्ड समेत हुन सक्छ ।

५. साउदी अरब

यो इस्लामिक देश कानुनको मामलामा धेरै कडा छ । मदिरालाई समेत अवैध मानिएको यो देशमा अन्य प्रतिबन्धित लागुपदार्थको सेवन, कारोबार गर्नु भनेको धेरै ठूलो अपराध मानिन्छ । हत्यारा र बलात्कारीलाई जस्तै लागुपदार्थ तस्करी गर्नेलाई सार्वजनिक ठाँउमा मृत्युदण्ड दिइन्छ ।

४. इन्डोनेसिया

यदी तपाई मृत्युदण्डलाई डरलाग्दो सजाँय मान्नुहुन्छ भने तपाईलाई इन्डोनेसियाको लागुपदार्थ सम्बन्धि सजाँयको बारेमा थाहा नहुन सक्छ । इन्डोनेसियामा लागुपदार्थ कारोबार गर्नेलाई सजाँय दिनको लागि फाइरिङ स्क्वाडको नै प्रयोग गरिन्छ ।

३. इरान

यो इस्लामिक देशमा लागुपदार्थको तस्करी गर्नेलाई मृत्युदण्ड दिने गरिन्छ । यो देश आफ्नो कानुन पालना गर्नमा यति प्रतिबद्ध छ कि गएको केही दशकमा मात्रै यस देशमा १० हजार लागुपदार्थ दुव्र्यसनी र तस्करहरुलाई मृत्युदण्ड दिइएको छ ।

२. मलेसिया मलेसिया लागुपदार्थको नियन्त्रण गर्न कडा कानुन बनाउनेमा छिमेकी देश सिङ्गापुर भन्दा कम छैन । यस देशमा ७ औंस भन्दा बढि गाँजा वा आधा औंस हेरोइन साथमा भेटीयो भटिएमा मृत्युदण्ड दिइन्छ ।

१. सिङ्गापूर

सिङ्गापूर आफ्नो कडा कानुनको लागि संसारभर प्रख्यात छ । सानो हुलदंगा गर्नेले त धेरै पछुताउन पर्ने यो देशमा लागुपदार्थ साथमा भेटियो भने त मृत्युदण्ड नै हुन्छ । कम्तिमा १७ औंस गाँजा वा आधा औंस कोकेन वा हेरोइन साथमा भेटियो भने उक्त व्यक्ति तस्कर मानिन्छ । सिङ्गापूरमा सन् १९९१ देखी २००४ को बिचमा ४ सय जना लागुपदार्थ तस्करहरुलाई फाँसीको सजाँय दिइएको थियो । साभार : मोरङ अनलाईन

The post दुनियाका सबैभन्दा खतरनाक कानुन भएका १० देश जहाँ सानो गल्तिमा पनि मृत्युदण्ड दिइन्छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2A4FOnU
via IFTTT

0 comments:

Post a Comment

add

 
Top