Photo of Milford Sound in New Zealand

बैदेशिक रोजगार पर्वद्धन वोर्डवाट बैदेशिक रोजगारमा गएका कामदारहरु अङ्गभङ्ग तथा मृत्यु भएमा आर्थिक सहायता प्रदान गदै आएको छ ।

बैदेशिक रोजगार पर्वद्धन वोर्डवाट प्रदान गरिने आर्थिक सहायता र औषधीपचार सम्बन्धी प्राप्त गर्न अपनाउनुपर्ने तरिकाहरु निम्न अनुसार छन् ।

मृतक कामदारका हकदारले पाउने आर्थिक सहायता

वैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ ‘घ’ मा उल्लेख भए अनुसार र बैदेशिक रोजगार नियमावली २०६४ को नियम २८ बमोजिम बैदेशिक रोजगारमा गई मृत्यु भएका कामदारका परिवारलाई निम्न अनुसार प्रकृया पूरा गरी रु. ३,००,००० (तीन लाख) आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ ।

बैदेशिक रोजगार बिभागवाट श्रम स्वीकृति लिई गएको करार अवधिभित्र मृत्यु भएको

मृत्यु भएको प्रमाणित भएको १ बर्ष्भित्र मृतक कामदारको हकवालाले वोर्डको सचिवालयमा निवेदन पेश गरेको हुनुपर्दछ ।

निवेदन साथ संलग्न हुनु पर्ने कागजातहरु

-मृतक कामदारको पासपोर्ट,

-श्रम स्वीकृति पत्र,

-करारपत्र

-Death Certificate

-रोजगारदाता मुलुकको,

-सम्वन्धित दूतावासको शिफारिसपत्र

-मृत्यूदर्ता प्रमाणपत्र,

-हकवालासँग मृतकको नाता प्रमाणितपत्र

-मृतक कामदारको नागरिकता

-हकवालाको नागरिकता

-हकवालाको पासपोर्ट साइजको फोटो २ प्रति

-मृतक अविवाहित भए सो को प्रमाणित कागजात ।

अंगभंग भएका कामदारले पाउने आर्थिक सहायता

-बैदेशिक रोजगारमा भई दुर्घटनामा परी अंगभंग भई स्वदेश फर्किएका कामदारलाई वोर्डले अंगभंगको प्रकृति अनुसार निम्न आधारमा बढीमा रु. ३,००,००० (तीन लाख) सम्म आर्थिक -सहायता उपलव्ध गराउँछ ।

आधारहरु

-बैदेशिक रोजगार बिभागवाट श्रम स्वीकृति लिई गएको ।

-करार अवधि भित्र अंगभंग भएको ।

-अंगभंग भई स्वदेश फर्किएको १ बर्षभित्र बैदेशिक रोजगार प्रवर्द्धन वोर्डको सचिवालयमा निवेदन दिएको ।

आवश्यक कागजातहरु

-कामदारको पासपोर्ट

-श्रम स्वीकृति पत्र

-करारपत्र

-रोजगारदाता मुलुकमा उपचार गराएको पे्रसकिप्सन

-सम्वन्धित दूतावासको शिफारिसपत्र

-कामदारको नागरिकता

-अंगभंग भएको कामदारको अंगभंग भएको फोटो

-नेपाल फर्किएपछि सरकारी अस्पतालमा उपचार गराएको प्रेसकिप्सन

-नेपाल र्फकदाको हवाई टिकट ।

The post बैदेशिक रोजगारीमा भएका नेपालीहरुको लागि अत्यन्त जरुरी सूचना, बैदेशिक रोजगार विभागले बिदेशमा रहेका नेपालीको लागि यि सुविधाहरु प्रदान गर्दै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zBnlCF
via IFTTT

0 comments:

Post a Comment

add

 
Top