Photo of Milford Sound in New Zealand

खासमा, नौ ग्रहहरुकै आ-आफ्नै अलग-अलग महत्व हुन्छ । यी ग्रहहरु समय समयमा आफ्नो घर परिवर्तन गरिरहन्छन् । अधिकतम ग्रहहरु कुनै एक राशिमा धेरै भन्दा धेरै बसेमा एक वर्षसम्म मात्र बस्छन्।

तर शनि ग्रहले घर परिवर्तन गरि कुनै अर्को ग्रहमा जानुलाई महापरिवर्तन मानिन्छ। र यस पटक शनिको महापरिवर्तन हुँदैछ, २६ अक्टूबरमा । शनि भोलि दिउसो ३ बजेर १५ मिनेट जाँदा पूर्ण रूपले धनु राशिमा प्रवेश गर्दैछ। यसले जनवरी २०२० सम्म यसै राशिमा गोचर गर्नेछ।

खासमा, शनिले कुनै एक राशिमा लगभग ढाई वर्ष सम्म रहने गर्छ। यो समय पुरा भएपछी उसले राशी परिवर्तन गर्छ। यस्तै १२ राशी चक्र पूरा गर्नको लागि शनिलाई तीस वर्षको समय लाग्ने गर्छ। शनिको राशि परिवर्तन एक ठूलो घटना नै मान्ने गरिन्छ। किनकी, अन्य राशीहरुमा चलिरहेको साढेसात र ढ़ैय्या पनि प्रभावित हुने गर्छन । यदि कसैलाई शनि ग्रहको नजर पर्यो भने उसको हाँसहाल सुन्दर जिन्दगी बर्बाद हुने गर्छ।

शनिको राशि परिवर्तनले कसैलाई ढैय्याको दशा लाग्छ त् कसैलाई साढेसातको । यसै कारणले धेरै मानिसहरुले शनिदेवलाई क्रूर पनि मान्ने गर्छन्, तर खासमा यस्तो होईन । माता लक्ष्मीले पनि शनिदेवलाई यस्तै प्रश्न गर्नु भएको थियो। त्यतिबेला शनिदेवले भन्नु भएछ, म कस्ता मान्छेहरुलाई दण्ड दिन्छु र ?

अनि भगवान लक्ष्मीले पुन प्रश्न गर्नु भएछ, आखिर किन तपाईलाई क्रुर मान्ने गर्छन् र भन्ने गरिन्छ तपाईले कसैले भनेको मान्नु हुन्न अर्थात् सहमत हुनुहुन्न ? त्यसपछि शनिदेवले भन्नु भएछ – ‘मलाई तीन लोकको डण्डाधिकारी बनाईएको छ। यदि मैले सबैले भनेको मनिरहे भने प्रशासन कसरी चल्छ ?’

मानिसहरु शनिदेखि डराउने भएकै कारण शनि देवलाई क्रुर मान्ने गरिन्छ। जबकि उनि वास्तवमा तीनै लोकका डण्डाधिकारी/प्रशासक हुन्, न त् क्रुर शासक नै हुन्। शनि देवले कहिल्यै पनि गलत सहने गर्दैनन्। उनले जो व्यक्ति गलत छ उसलाई नै दण्डित गर्ने गर्छन। भन्ने गरिन्छ, यहाँ सम्म की गलत भएको खण्डमा उनले देवतालाई पनि छोड्दैनन्।

आजकल भन्ने गरिन्छ की, शनिदेवले सबैको काम बिगार्ने गर्छन। हरकोही उनको नजरबाट बच्ने कोसिस गर्छन्। त्यसैले ‘साढेसात र ढैय्याको दशा आफु खाने सत्रुलाई पनि नलागोस्।’ भनिन्छ। शनिको दिन शनिवार हो।

यसै कारणले अधिकांश मानिसहरुले यस दिनलाई नै अशुभ मान्ने गर्छन। खासमा शनिले गलत र सहिको मात्र निर्णय गर्ने गर्छन। त्यसै अनुसार सजाय पनि दिने गर्छन। शनिदेवको अदालतमा कोहि धनि या गरिव भन्ने हुँदैन। जो गलत हो उसले नै सजाय पाउँछ।

शनि देवको प्रकोपबाट बच्नको लागि कहिल्यै पनि झुठ बोल्नु हुँदैन। अनि कसैलाई पनि धोका दिनु हुन्न । सधै गरीबहरुलाई मद्दत गर्ने र शनिवारको व्रत गर्नु नै काफी हुन्छ।

The post २६ अक्टूबरमा देखि शनि ग्रहले तीन वर्षको लागि घर परिवर्तन गर्दै, appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2i65gVP
via IFTTT

0 comments:

Post a Comment

add

 
Top