Photo of Milford Sound in New Zealand

एजेन्सी–तपाईलाई सुन्दा अचम्म लाग्न सक्ला एक श्रीमानका तीन श्रीमतीहरु एउटै घरमा मिलेर बस्छन् । न्युजर्सीमा रहेका एक व्यक्तिको घरमा तीनजना श्रीमती श्रीमानसँग मिलेर बस्छन् । प्राय एक श्रीमतीसँग पनि सम्बन्ध राम्रो नहुने अवस्था सिर्जना हुने गरेको ठाउँमा यी व्यक्तिले भने आफ्नी तीनवटी श्रीमतीलाई मिलाएर सँगै राख्न सकेर सबैलाई आश्चर्यमा पारेका छन् ।

वेनसा हसल नाम गरेकी महिलाको पति तथा उनका बच्चाहरुसँग सम्बन्ध एकाएक बिग्रिएको थियो । टुटेकी बेनिसामा सानो आश थियो एकपटक फेरि पतिसँगको सम्बन्ध राम्रो बनोस । उनको आशा पुरा भयो । बेनिसा र पाली टुटेको सम्बन्ध एकपटक फेरि सुमुधुर बन्यो । त्यतिजेन्लसम्ममा पालीको जीवनमा दुई युवतीहरुको आगमन भइसकेको थियो । हैजल, २७ वर्षकी युवती तथा लेडी नाम गरेकी २५ वर्षकी युवती ।

यथार्थ बुझिसकेपछि बेनिसाले उनीहरुसँगै रहने निर्णय गरिन् । उनी अब पति तथा उनका दुई श्रीमतीसँग निकै खुसीका साथ बस्दै आइरहेकी छिन् । यहाँसम्मकी उनीहरु एकअर्कालाई आफ्नो अतिमिल्ने साथीको रुपमा बताउँछन् ।

मेल अनलाइनले दिएको जानकारी अनुसार यसरी फोरसम परिवार भएको हो । उनीहअरु नियमित रुपमा डिनर डेटमा जाने गर्छन् । यहाँसम्मकी उनीहरु सँगै सुत्छन् । जिम जानेदेखि हरेक काम उनीहरु मिलेर गर्छन् ।

पालीले आफ्ना तीन श्रीमतीका लागि सिस्टर वाइभ्स नाम गरेको टिर्सट उपहार दिएका छन् । उनीहरु उक्त टिसर्ट लगाएर बाहिर विभिन्न कार्यक्रममा समेत जाने गरेका छन् । तीनवटै श्रीमतीले पालीको अनुहारको टाटु आफ्नो शरिरमा खोपेका छन् ।

The post श्रीमानका तीन श्रीमतीहरु एउटै घरमा मिलेर बस्छन्: भिडियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zBSJ4b
via IFTTT

0 comments:

Post a Comment

add

 
Top