Photo of Milford Sound in New Zealand

प्रकृति पनि विचित्रको छ । प्रकृतिले संसारमा यस्ता जीवजन्तु वा वनस्पतिको सिर्जना गरेको छ कि कतिपय त परिवारसँगै हेर्नसमेत लाजमर्दो हुन्छ । फूललाई कोमलता र सुन्दरताको प्रतीक मानिन्छ । संसारमा यस्ता पनि फूल पाइन्छन् जुन कोमलता र सुन्दरता मात्र होइन अश्लीलतासमेत पस्किरहेका छन् । परिवार वा मान्यजनसँगै हेर्नसमेत संकोच लाग्ने र विचित्रका यस्तै केही वनस्पतीबारे यहाँ चर्चा गरिन्छ

हाइड्रोना अफ्रिकाना
महिलाको गुप्तांगजस्तै देखिने यो फूलको नाम हो हाइड्रोना अफ्रिकाना । यो पूmल देख्दा जति आकर्षित देखिन्छ उति नै खतरनाक पनि छ । किनकि यो फूलले आफ्नो आसपासमा रहेका लामखुट्टे, झिंगा, माकुरा आदिलाई खाने गर्दछ । देख्दा राम्रो देखिए पनि यसबाट नराम्रो गन्ध आउने गर्दछ । यसै गन्धका कारण फोहोरमा बस्ने किराहरू यसप्रति आकर्षित हुने गर्दछन् । यदि हामीले यसलाई छोएमा तीन/चार दिनसम्म हातमा गन्ध आइरहन्छ । महिलाको गुप्तांगजस्तो देखिने भएकाले यो फूलप्रति सबैजना आकर्षित हुने गर्दछन् । तर, यसबाट आउने गन्धका कारण दोस्रोपटक भने कमै मात्र जाने गर्दछन् ।

डार्लिङ टोनिया
यसको विरुवा सर्पजस्तै देखिन्छ । यसको पात सर्पको छालाजस्तै हरियो रङको देखिने भएकाले यसको नजिकै कोही पनि जान मान्दैनन् । कोब्राको शिरजस्तै भएको यस विरुवाको टुप्पो हुन्छ । यसैकारण यस विरुवालाई कोब्रा प्लान्ट अथवा कोब्रा लिलीको नामले पनि चिनिन्छ । यो विरुवाले पनि किरा तथा माकुरालाई आहार बनाउने गर्दछ । तर, कतिपय किराभने विरुवाको तलतिरबाट भाग्न सफल पनि हुन्छन् । यो विरुवा नर्वे, क्यालिफोर्निया, ओरेगन आदि ठाउँमा पाइन्छ ।

ड्रेकुला सिमिया
बाँदरको अनुहारसँग मिल्दोजुल्दो भएकाले यो फुललाई मंकी फेस पनि भन्ने गरिन्छ । जसले पहिलोचोटि यो पूmल देख्छ ऊ अचम्म पक्कै पर्दछ । सुरुमा उसलाई विश्वास नै लाग्दैन कि यस्तो पनि फूल हुन्छ । जुन २०१३ मा इन्टरनेटमा भाइरल भएको यो फूल पहिला कसैले पनि विश्वास गरेनन् । जब यसको बारेमा भिडियो पनि आउन थाले अनि मात्र मानिसले साच्चिकै यो फूल रहेछ भनेर विश्वास गर्न थाले । यो फूल धेरैजसो अमेरिकामा पाइन्छ ।


डायनिया मसकिपुला
यो फूल पनि खतरनाक फूलभित्र पर्दछ । यसले आँखा नझिम्काउँदै यसमा आउने किरालाई आफूभित्र समाहित गर्दछ । यस विरुवाको दिमाग (शक्ति) ज्यादै रहेको वैज्ञानिक पनि मान्दछन् । यदि यसभित्र तपाईं आफ्नो औँला राख्नुभयो भने समातिहाल्छ । यो विरुवा पनि मांसाहारी वर्गमा पर्दछ । यसले पनि लामखुट्टे, झिंगा, किरा तथा माकुरा आदि खाने गर्दछ । राक्षसको मुखमा देखिने दाह्राजस्ता यसको तिखा काँडा तथा डरलाग्दा पातहरू हुन्छन् । यसभित्र परेका किराहरू निस्कन सक्दैनन् । यसभित्र परेका किराको सिकार गरेपछि आधा घण्टाको अन्तरालमा फेरि यसले आफूलाई फैलाउने गर्दछ । कहिलेकाहीँ भने यस विरुवाले सिकार पचाउन हप्तादिन पनि लगाउने गर्दछ ।

साइकोट्रिया
रातो रङको यो फूल अफ्रिकामा पाइन्छ । यो फूल हेर्नेबित्तिकै मानिस झुकिन्छन् । किनकी, यो फूल झट्ट हेर्दा महिलाले ओठमा लिपिस्टिक लगाएर सिठी बजाएको जस्तो देखिन्छ । यसको सुन्दरताले गर्दा यो फूल विश्वभर नै प्रख्यात छ । जसले यो देख्छ उसलाई यो फूललाई चुम्बन गर्न मन लागिहाल्छ । त्यसैले अफ्रिकामा यो फूल ज्यादै नै लोकप्रिय रहेको छ ।

कलेटोरिया
महिलाको गुप्तांगजस्तो देखिने यो फूल ब्राजिलमा पाइन्छ । यसको सुन्दरताले गर्दा विश्वभर पनि यसले धेरै चर्चा पाएको छ । यो फूलको मनमोहक रङले गर्दा यसलाई जसले पनि छुन मन पराउँछन् । यो फूलको बीचमा रहेको पहेँलो रङले गर्दा अझ यो फूल ज्यादै राम्रो देखिने गर्दछ ।

मेलन प्लान्ट
जसले यो विरुवामा लागेको फल देख्दछ उसको दिमागले गलत कुरा सोच्न पुगी हाल्दछ । किनकि यसको फल नै त्यस्तो हुन्छ जसले मानिसलाई यस्ता विचार उत्पन्न गरिहाल्दछ । यसको फल महिलाको स्तन आकारको हुनुको साथै निप्पल पनि देखिन्छ । यो विरुवा भियतनाममा पाइन्छ । सुरुमा देख्नेले त विश्वास गर्न पनि सक्दैन कि विरुवाले यस्ता पनि फल दिन्छन् ।

ड्रोसेरा
यो विरुवा युरोपको केही भागमा पाइने गर्दछ । मांसाहारी भएका कारण यो बिरुवा आसपासमा रहेका किराहरू खाने गर्दछ । अचम्म त यो कुराको छ कि यस विरुवाले एक रातो रङको तरल पदार्थ निकाल्ने गर्दछ । जसले किरालाई आकर्षित गर्दछ । यसमा गएर किराहरू बस्न मन पराउँछन् । जब किराहरू यसमा बस्दछन् यसमा पाइने एन्जायमका कारण उनीहरू उडेर जान सक्दैनन् किनकि यो टाँसिने खालको हुन्छ । यो विरुवा यति खतरनाक यसकारण छ कि कहिलेकाहीँ यसले आसपासमा रहेका भ्यागुता तथा साना चराहरूलाई पनि खाने गर्दछ ।


नेरिफन ट्री
यो रूखबारे आज पनि वैज्ञानिकहरू अचम्ममा छन् । किनकि यसको रूखमा जताततै केटी झुन्डिरहेको देखिन्छ । वास्तवमा केटी झुन्डिरहेको जस्तो देखिने यस रूखको फल हो । सुरुमा देख्नेलाई त विश्वास पनि लाग्दैन । जसले थाइल्यान्डमा गएर यो रुख हेर्दछ उसले मात्र विश्वास गर्दछ । वैज्ञानिकहरू आज पनि यसको रहस्यको बारेमा अनुसन्धान गरिरहेका छन् । प्रकृतिले दिएका यस्ता अचम्मका कुराहरू अभैm कति लुप्त अवस्थामा होलान् त्यसका बारेमा मानिसहरू खोजविनमा लागिराखेका छन् ।

रासस

The post अचम्म अचम्मका फूल कोही योनि त कोही स्तनजस्ता फोटो फीचरहरु appeared first on Taja nepali news.

http://ift.tt/2DeHBb2

from SHYANE http://ift.tt/2Dn2fJz
via IFTTT

0 comments:

Post a Comment

add

 
Top