Photo of Milford Sound in New Zealand

डा. राजेन्द्र भद्रा/ श्रीमानसँग यौनसम्पर्क गर्दा मलाई त्यति आनन्द आउँदैन । मेरो विचारमा श्रीमानको यौनाङ मैले सोचे भन्दा सानो छ । मैले सुने अनुसार कतिपय अवस्थामा पुरूषको सानो यौनाङबाट पनि पर्याप्त यौन सुख हासिल गर्न सकिन्छ, त्यसका लागि मैले के कस्ता उपाय अवलम्बन गर्नु पर्ला ? श्रीमानसंग आनन्द आउँदैन- यौन मानवजीवनको अभिन्न अंग हो र स्वभाविक पनि । मानव मनमा यौनेच्छा एकदम स्वभाविक हो । भोक, निद्रा, प्यासजस्तै यौन पनि आवश्यक कुरा हो, मानवजीवनका लागि प्रकृतिले नै दिएको ।

यौनेच्छा तपाईंमा एकदमै छ भन्ने प्रस्ट छ । तपाईंले आफूले यौनसम्पर्कबाट आनन्द प्राप्त गर्न नसक्नुभएको उल्लेख गरे पनि त्यसका लागि प्रयास गरेको कुरा उल्लेख गर्नुभएको छ । यौनेच्छा कसैमा बढी हुन्छ भने कसैमा कम । यो एउटै व्यक्तिमा पनि कहिले बढी र कहिले कम हुनसक्छ । तपाईंले श्रीमान्सँग यौनसम्पर्क गर्दा आनन्द नआएको र आफ्नो योनि खुकुलो भयो भन्ने मान्नुभएको देखिबाहेक अन्य जानकारी नदिनु भएकाले यसै भन्न सकिने स्थिति छैन । तपार्इंले आफ्ना श्रीमान्ले आफूबाट यौनआनन्द प्राप्त गर्नुभएको छ कि छैन भन्ने कुरा पनि लेख्नुभएको छैन तर पनि यसका केही पक्षलाई केलाऔं । यो पनि हेर्नुस् : म विवाहित महिला हुँ । मेरो योनि रस कत्ति पनि आउँदैन ।

यौन सम्पर्क गर्दा होस् वा अरू बेला, किन होला ? तपाईंले श्रीमान्सँगको सम्बन्धबाट यौन चरमसुख नपाएको कुरा गर्नुभएको छ । कुनै पनि व्यक्तिले यौन चरमसुख पाउने कुराले उसको शारीरिक पक्षका साथै मानसिक पक्षसँग अन्तरंग सम्बन्ध राख्छ । यसका लागि कुनै पनि व्यक्ति मनसिक रूपमै तयार हुनु जरुरी छ र उत्तेजनाको सन्देश उसले शारीरिक रूपमा प्राप्त गर्न बाह्य कुराले सहयोग गर्ने हो । यस अर्थमा अर्को व्यक्तिले यौन चरमसुख पाउने–नपाउने कुराको जिम्मा लिन वा ग्यारेन्टी गर्न सक्ँदैन, सहयोग मात्र गर्न सक्ने हो । यौन चरमसुख पाउने त आफैंले हो । तपाईंलाई पक्कै पनि थाहा हुनुपर्छ, महिलाको सबैभन्दा बढी यौन संवेदनशील अंग भगांकुर हो । प्राय:जसो महिलाले यही अंगको घर्षणबाटै यौन सन्तुष्टि प्राप्त गर्छन् । महिला तल र पुरुष माथि भएर गरिने यौनसम्पर्कमा सामान्यत: लिंगले भगांकुरलाई घर्षण गर्दैन ।

भगांकुर चलाउन औंला नै बढी सहयोगी सावित हुन सक्छ भने अर्कातिर आसन परिवर्तन अर्थात् महिला माथि रहेर गरिने यौन आसन बढी प्रभावकारी हुनसक्छ । अर्को बुझ्नुपर्ने कुरा के हो भने महिलाको योनिको बाहिरी (योनिद्वारनेरको) भाग यौन संवेदनशील हुन्छ, न कि भित्री भाग । सानै भए पनि लिंगले भने योनिको बाहिरी भाग घर्षण गर्न सहयोग गर्छ । तपाईंले श्रीमान्सँगबाट यौन चरमसुख प्राप्त गर्न नसक्नुमा कतै मानसिक पक्ष नै कारक हो कि भन्ने विषयमा पनि विचार गर्नुपर्छ । योनिलाई कसरी कसिलो बनाउने ? तपाईंले योनि ठूलो भएको कुरा गर्नुभएको छ, सम्भवत: तपाईंले योनि खुकुलो भयो भनेर लेख्न खोज्नुभएको होला भनेर, त्यसैअनुरूप जवाफ दिने प्रयास गरेको छु ।

समाधानका लागि यौनसम्पर्क गरिने आसनमा विभिन्नता ल्याएर यसमा सुधार ल्याउन सकिन्छ । योनि खुकुलो लागेको स्थितिमा विशेष गरेर जाँघ फैलाइएको स्थितिभन्दा नजिक ल्याइएको स्थिति सहयोगी हुन सक्छ । लिंगलाई ठूलो वा लामो बनाउने विभिन्न उपाय प्रयोग गरिएको पाइन्छ । तपाईंले श्रीमान्को लिंग ठूलो भएको कुरा गर्नुभएको छ, त्यसैले यस विषयमा चर्चा गर्नु मनासिब लागेन । यो पनि हेर्नुस् : म एक सन्तानकी आमा हुँ । लगभग दुई वर्ष भयो, मैले आफ्नो श्रीमान्सँग यौनसम्पर्क नराखेको । अर्को एक पुरुषसँग ?? अब योनिको खुकुलोपनका बारेमा केही कुरा भनौं । योनि मांसपेशीले बनेको एकदमै तन्किन सक्ने गुण भएको नली आकारको अंग हो ।

एकछिन विचार गर्नुहोस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सधंै खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने गरेर खुकुुलो हुन्छ र ? पक्कै हुँदैन । यद्यपि योनिको मांसपेशी कसिलो बनाउने विभिन्न उपाय पनि छन् । यौनांग क्षेत्रको मांसपेशीलाई बलियो बनाउन गरिने कसरतलाई केगेल (Kegel) कसरत भनिन्छ । योनिमा औंला पसाई औंलालाई अँठयाउँदा अर्थात् खुम्च्याउँदा यो मांसपेशीलाई तपार्इंले महसुस गर्न सक्नु हुन्छ । यो मांसपेशीलाई पहिचान गरेपछि औंला नपसाई पनि खुम्च्याउन सकिन्छ । सुरुमा यस्तै १ सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने । बिस्तारै यसलाई बढाएर ५ सेकेन्डसम्म पुर्‍याउनुपर्छ ।

बिस्तारै १० देखि १५ पटकसम्म संकुचित गर्ने (खुम्च्याउने) र छोड्ने । यो क्रम बढाउँदै दिनभरिमा यस्तो गर्ने क्रम २० पल्टसम्म पुर्‍याउनुपर्छ । यसरी ६ हप्तासम्म नियमित रूपमा कसरत गरे थाहा पाइने गरी केही फरक देखिन्छ । यो मांसपेशी संकुचित गरेर यौनसम्पर्कका बेला लिंगलाई बेस्सरी समात्न प्रयोग गर्न सकिन्छ । यसले तपाईंलाई मात्र होइन, तपाईंको श्रीमान्लाई पनि यौनसुख प्राप्त गर्न मद्दत गर्छ । थप केही जानकारी दिउँ भनेर योनि कसिलो बनाउने अन्य उपायका बारेमा पनि चर्चा गर्दैछु । निश्चित तौलका योनि कोन (भजाईनल कोन, vaginal cone) महिलाको योनिमा राखेर त्यसलाई अड्याइराख्न भनिन्छ, जसले गर्दा यौनांग मांसपेशी बलियो होस् । त्यसगरी विद्युतीय उत्तेजना (electric stimulation) अर्थात् योनिमा एक किसिमको यन्त्र (probe) राखेर विद्युत्को हल्का करेन्ट प्रयोग गरेर यौनांग क्षेत्र (pelvic floor) को मांसपेशीलाई खुम्चन र खुकुलो हुन उत्तेजित पारिन्छ । Neocontrol व्यापारिक नाम भएको साधन एक विशेष किसिमको कुर्सी हो ।

यसमा विशेष किसिमले चुम्बकीय क्षेत्र प्रयोग गरेर यौनांगको मांसपेशीलाई उत्तेजित पारिन्छ । यो उपचार सामान्यत: २० देखि ३० मिनेटका लागि हप्ताको दुईपटक यस्तै आठ हप्ताजति गरिन्छ । अन्त्यमा योनि खुकुलोपनको समस्या अति नै छ भने vaginoplasty (भजाइनोप्लास्टी) शल्य चिकित्सा पनि गराउनुपर्ने हुनसक्छ । यस्तो शल्य चिकित्सालाई सामान्यत: अन्तिम उपायका रूपमा लिइन्छ । अचेल त लेजर प्रविधिको प्रयोग पनि प्रारम्भ हुन थालेको छ ।कान्तिपुर साप्ताहिकबाट

The post याैन जिज्ञासा : मलाइ श्रीमानसंग याैनसंपर्क गर्दा त्यती आनन्द नै आउदैन ! किन होला ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DjfY4F
via IFTTT

0 comments:

Post a Comment

add

 
Top