Photo of Milford Sound in New Zealand

काठमाडाै, १७ पुस । अभिनेत्री केकी अधिकारी गाँउपालिका अध्यक्ष बनेकी छिन् ।

‘गाउँकी छोरी’ नामक सामाजिक चलचचित्रमा अधिकारी गाँउपालिका अध्यक्ष बनेकी हुन। राजधानीमा अधिकारि अभिनित सामाजिक चलचचित्र ‘गाउँकी छोरी’ को ट्रेलर रिलिज भएको छ ।

स्थानीय सरकारले गाउँमा ल्याउन सक्ने परिर्वतनलाई चलचित्रमा देखाइएको छ । पढ्नका लागि सहर पसेकी केकी आफ्नो गाउँको सेवा गर्न राजनीतिमा प्रवेश गर्छिन् ।

स्थानीय निर्वाचनमा परिचित नेतालाई हराउँदै उनी विजय हुन्छिन् र गाउँको सेवा गर्छिन् । नेपाल टेलिभिजनबाट प्रसारण भइसकेको सामाजिक चलचित्र गाउँकी छोरी युट्युबमा केही सातापछि सार्वजनिक हुने बताइएककाे छ ।

दीपक आचार्य र सरोज ओलीको निर्देशनमा बनेको चलचित्रको कथा अभिमन्यु निरवीले लेखेका हुन् । चलचित्रमा केकीसँगै गौरव पहारी, रवि गिरी, सुरविर पण्डित, पल्पसा डंगोल, रमा थपलिया, शारदा गिरी, मुकुन्द आचार्य, शिव गाउँले, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय रहेकाे छ ।

The post कसरी बनिन केकी गाँउपालिका अध्यक्ष ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lzN59x
via IFTTT

0 comments:

Post a Comment

add

 
Top