Photo of Milford Sound in New Zealand

शीतलहरका कारण सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर–६ मा बाबु–छोराको मृत्यु भएको छ । पछिल्लो पटक शनिबार बिहान करिब ९ बजेको समयमा छोरा बासुदेब साहको निधन भएको थियो ।

छोराको निधन भएको एक घण्टा पनि नबित्दै बाबु सुभी साहको निधन भएको आफन्तजनले जानकारी दिएका छन् । शीतलहरबाट सप्तरीमा हालसम्म ३० जनाभन्दा बढीको मृत्यु भईसकेपनि प्रहरीले भने अहिलेसम्म १९ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

प्रहरीका अनुसार जिल्लामा खड्ग नगरपालिका–८ का ७० वर्षिय मुसहरु चौधरी, ७ का ६४ वर्षिय प्रेम बहादुर माझी, अग्नीसाइर कृष्णासवरण गाउँपालिका–४ का ६५ वर्षिय लखन ठाकुर, तिलाठी कोइलाडी ४ का ७१ वर्षिय नारायण मुखिया, कञ्चन रुपनगरपालिका–२ का ६० वर्षिय बेचन शेख,

तिरहुतगाउँपालिका १ का ६० वर्षिया भुटनी देवीयादव, सप्तकोशी नगरपालिका–१ का ६२ वर्षिय अर्जुन पोखरेल, सुरुङ्गा नगरपालिका–११ का ६५ वर्षिया दुर्गी देवी चौधरी, वडा नम्वर १ का ५१ वर्षिय अम्बर बहादुर पुलामीको मृत्यु भएको छ ।

यस्तै छिन्नमस्ता गाउँपालिका–२ का ५२ वर्षिया सरोदेवीमुखिया, सोही गाउँका७० वर्षिया सरस्वती देवी साह, हनुमाननगर कंकालिनीनगरपालिका–१ का ६५ वर्षिया शान्ति देवीयादव,

सुनसरीको ईनर्वा नगरपालिका १ का ढुण्डीराजपोखरेल, तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ४ का ७० वर्षिया श्यामा देवी सिंह, डाक्नेश्वरी नगरपालिका वडा नम्वर ८ का ७० वर्षिया शुभावती देवी सरदारको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यसैगरी रुपनी गाउँपालिका १ का दुई वर्षिया बालक शिवम पासवान, कञ्चन रुपनगरपालिका ३ का ६२ वर्षिया कलिया देवी सदा, सुरुङ्गा नगरपालिका १० का ५५ वर्षिय बुद्दिलाल मुखिया र तिरहुत गाउँपालिका ४ का ६० वर्षिया जलेश्वरी देवी साहको मृत्यु भएको छ ।

सप्तरी जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुबाट १३ हजार गरिब, अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिक, बालबालिका, एकल महिला एवम् विपन्न वर्गलाई लक्षित गरी कम्बल लगायतका न्यानो लुगावितरण गरिएको प्रहरी नायव उपरीक्षक ध्रुव कुमार श्रेष्ठले जानकारी दिए ।

The post निकै दुखद खबर : एक घण्टाको फरकमा बाबु–छोराको मृत्यु, यस्तो छ निकै दुखदायी कारण appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rsxQVf
via IFTTT

0 comments:

Post a Comment

add

 
Top