Photo of Milford Sound in New Zealand

माघ ८, काठमाडौँ । सल्यानको भएको बस दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका वडा नं. ६ स्थित सडक खण्डमा आइतवार दिउँसो भएको वस दुर्घटनामा परि तीन जनाको मृत्यु भएको र थप ३० जना घाईते भएको वडा प्रहरी कार्यालय लुहामका प्रमुख एवं सई लक्ष्मण डाँगीले बताए ।

रुकुमबाट तुलसीपुर तर्फ आउदै गरेको ना ५ ख ५३१ नम्बरको बस आइतवार दिउँसो २ बजे सल्यानको लुहामको बैघारे खोलामा दुर्घटना भएको हो । घाइतेको अहिले श्रीनगरमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

लुमाह प्रहरी प्रमुख डाँगीले तीन जनाको घटनास्थलमै मृत्यु भएपनि सनाखत हुन नसकेको जानकारी दिए । घटनावारे थप जानकारी आउन बाँकी नै छ ।

The post फेरी आयो दुख्द खबर:यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ३० बढी घाइते … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2G4TTog
via IFTTT

0 comments:

Post a Comment

add

 
Top