Photo of Milford Sound in New Zealand

माघ ८ काठमाडौं चन्द्रपुर नगरपालिका वडा नम्बर ८ मा दलित नमुना बस्ती बनाइरहेका कलाकार जोडी सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुनन्तलीले एक करोड रकम अपुग भएको बताएका छन्। ‘धुर्मुस सुन्तली फाउन्डेसन’ मार्फत नमुना बस्ती निर्माण गरिरहेका यो कलाकार जोडीले हाल एक करोड बराबर श्रम र सामान उधारोमा चलाउनुपरेको जानकारी दिएका छन्।

५ करोड ९५ लाखको लागतमा निमार्ण भइरहेको दलित नमुना बस्तिका लागी अझै एक करोड २९ लाख रकम अपुग भएको कलाकार धुर्मुसले बताए। ‘सहयोगी मनहरुले यति धेरै ठुलो धनराशीको सहयोग गर्दा गदै पनि १ करोड २९ लाख जति रकम अपुग भएको छ।’ उनले यो रकम सहयोग हुनेमा आशा व्यक्त गरेका छन्। पछिल्लो समय बस्ती निमार्णका लागि रकम अभाव भएको कुरा सामाजिक सञ्जाल र व्यक्तिगत रुपमा पनि आग्रह गरिरहेको धुर्मुसले बताए। सहयोग रकम जुटिरहेपनि ठूलो मात्रामा रकम जुटाउनुपरेकोले आफू चिन्तित भएको उनको भनाइ छ। उक्त बस्ती निर्माणको अन्तिम चरणमा पुगेको छ।

धुर्मुस सुन्तली फाउन्डेसनले माघ २१ गते बस्ती हस्तान्तरण गर्ने योजना बनाएको छ। हाल बस्तीका घरहरुमा रंगरोगन लगाउने, बिजुली जोड्ने, भित्री बाटो तयार पार्ने, पर्खाल र उद्यान निमार्ण गर्ने, झ्यालढोका तयार पार्ने काम चलिरहेको फाउण्डेसनका अध्यक्ष समेत रहेका धुर्मुसले बताए। उक्त बस्तीमा ४७ वटा आवासका लागि घर बनेका छन्।

त्यस्तै विद्यालय भवन, बाल उद्यान, सार्वजनिक शौचालय, मन्दिर, भ्यू टावर सहितको एकिकृत नमुना बस्ती निमार्ण भइरहेको छ। हाल एकीकृत नमुना बस्ती सन्तपुरको विद्यालयमा ९२ जना बालबालिका शिक्षा लिइरहेका छन्। sunaulonepal

The post गरिब दुखिको घर बनाउदै हिड्ने धुर्मुसलाई पर्यो यस्तो आपत, कसले गर्ला धुर्मुस सहयोग ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DrFIYG
via IFTTT

0 comments:

Post a Comment

add

 
Top