Photo of Milford Sound in New Zealand

एजेन्सी – नायिका काजोललाई फेरी एक पटक पर्दामा देख्न पाइने भएको छ । भारतिय मिडियाका अनुसार काजोल होम प्रोडक्सनको नयाँ फिल्म ऐलामा अभिनय गर्ने पक्का भएको छ । काजोल मुख्य भूमिकामा रहेको फिल्मको सुटिङ २४ जनवरीबाट सुरु गरिने बताइएको छ ।

खबरअनुसार यो फिल्म गुजराती नाटक बेटा कागदोमा आधारित छ । प्रदीप सरकारको निर्देशनमा बन्ने सो फिल्मको सहनिर्माता अजय देवगण र अभिनव शुक्ला रहेका छन् । फिल्ममा काजोल गायिकाको भूमिकामा हुनेछिन् । कथाअनुसार गायिका बन्न चाहने काजोलको कम उमेरमै बिहे हुन्छ ।

जसले गर्दा उनले आफ्ना सपना खुम्च्याएरै बस्नुपर्ने हुन्छ । पछि उनको वैवाहिक सम्बन्ध अन्त्य हुन्छ । त्यसपछि उनले एक्लै आफ्ना बच्चालाई पाल्दै स्थापित गायिका बन्न संघर्ष गर्छिन् । फिल्म यसै वर्षको जुनमा रिलिज हुने बताइएको छ । काजोल पछिल्लोपटक शाहरुख खानको दिलवाले फिल्ममा देखिएकी थिइन् ।

The post वैबाहिक सम्बन्ध अन्त्य गरेर गायिका बन्ने सोचमा नायिका काजोल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DXOkHK
via IFTTT

0 comments:

Post a Comment

add

 
Top