Photo of Milford Sound in New Zealand

आउँदो माघ ४ (जनवरी १८) बाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पिंजडा ब्याक अगेन’ को जापान प्रदर्शन तय भएको छ । नेपाल रिलिजको दश दिनपछि जनवरी २८ तारिखमा जापानमा फिल्मको विशेष शो हुने भएको हो ।

जापानको शोमा निर्देशक नायक निखिल उप्रेती, निर्देशक हिमाल केसी उपस्थित हुनेछन् । शोमा निखिल पत्नी सञ्चिता लुईंटेल पनि उपस्थित हुनेछिन् । जनवरी २८ मा टोकियोमा हुने प्रदर्शनीपछि अन्य शहरमा पनि भिन्न भिन्न मितिमा फिल्मको स्कृनिङ हुने निर्देशक केसीले बताए । फेमिली ड्रामा बोल्ने एक्सन प्याक फिल्मको जापान प्रदर्शनको अधिकार क्लासिक युथ जापानले लिएको हो । निखिल र सारासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

श्रीराम बरालको प्रस्तुती तथा रोहित पुरी र गोविन्द गैरेको निर्माणमा बनेको फिल्ममा निखिलसँगै सारा शिर्पाली, ज्याक श्रेष्ठ, सुन्दर श्रेष्ठ, सुस्मिता केसी, पुकार भट्टराई, प्रदिप दाहाल, कुशाग्र भट्टराइसँगै केहि दिन पहिले मात्रै दिवंगत भएकी विना थापाको मुख्य भुमिका छ । ‘पिंजडा ब्याक अगेन’को कथा मौनता श्रेष्ठले लेखेका छन् । फिल्ममा राजनराज शिवाकोटी र अर्जुन पोखरेलको संगीत छ । निखिलको अपोजिटमा नायिका सारा शिर्पाइली प्रस्तुत भएकी छन् ।

The post संचिता लिएर निखिल जापान जाने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2FocAmq
via IFTTT

0 comments:

Post a Comment

add

 
Top